बुधबार, बैशाख ५, २०८१

टोकियो ओलम्पिकमा : गौरिकाको नेतृत्वमा नेपालको मार्चपास

काठमाडौं । जापानको राजधानी टोकियोमा आजबाट ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता औपचारिकरुपमा सुरु भएको छ । अहिले जारी उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी छन् ।

३२ औं संस्करणको ओलम्पिक प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएका थिए । आज औपचारिक उद्घाटन भएको हो । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।

उद्घाटन समारोहका क्रममा भएको मार्चपासमा गौरिका र एलेक्सले अग्रपंतिमा रहेर नेपालको झण्डा बोकेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?