शुक्रबार, बैशाख ७, २०८१

“तिजी गित”

 

जुना चालिसे- मालीका गाउपालीका ६ अर्जै गुल्मी (हाल भारतको चंडिगढ)

 

सुन्नुहोला बाबा आमा सुन्नु होला दाजुभाई।
एक दुईटाले गर्दा आरोप आउछ सबैलाई।।
पंचे बाजा बजाएर बिहे छोरा छोरीको ।
खुसी हुने आसा बोकी बिहे गरीयो।।

बिहे पछी छोरा गयो कमाउन बिदेश।
बुहारीलाई शहर को लाग्यो रहर।।
भन्न थालीन अब मैले शहरमा पढ्ने हो।
गाउले जीवन छोडी शहर अगी बढ्ने हो।।

छोराछोरी झोला बोकी हिडिन उनी शहर।
धानका बाला झुल्ने खेत बन्यो बगर ।।
छोराले नी बैंक ब्यालेन्स बुहारीको नाउमा।
बृद्धा भत्ता बा आमा लाई मील्यो गाउमा।।

दुईतीन बर्ष राम्रै चल्यो आयो आइफोन हातमा।
लाखौ पैसा आउन थाल्यो उनको खातामा।।
घरघडेरी जग्गा जमीन पीयारीकै नाउमा।
बर्षौ सम्म आउन पनी छाडे गाउमा।।

नाती अनी नातीनी नी भए बरै शहर ।
हाम्लाई भनी मुख देख्न लाग्ने रहर।।
आईफोन आयो हातमा साथी आए साथमा।
सुको पैसो बच्न पनी छोड्यो खातामा।।

वोडिंङ्गबाट छोराछोरी दिनदिनै हटाई।
लाहुरे को गोजी खाली पैसा पठाई ।।
हेलो हाए मात्र हुन थाल्यो अब प्यारीको।
भन्न थालीन पैसा चाहियो भएभरीको।।

सुनका सीक्री सुनका बाला सुनकै औंठी हातमा।
फर्की घर आउदा कोही छैन साथमा।।
साना साना लाला बाला कोठा भीत्र छोडी छन।
पीयारीले फेशबुकबाट
घरजाम जोडीछन।।

भएभरको धनसम्मपती उनकै नाउमा गराए।
भाडा सम्म नराखेर
पैसो पठाए ।।
खुन पसीना एक गराई कमाएको धन हो।
फलाम होकी पथ्थर त्यो
तीम्रो मन हो।।

दोस्रो बिहे गर्न हुन्न कानुन को ठेलीमा।
एक दुईटाले गर्दा दोष सबै चेलीमा ।।
सबै नारी एकै हुन्छन भन्न मैले खोजीन ।
गाउकै जीबन राम्रो
अब शहर रोजीन ।।

बिदेशमा युबा रुन्छन खुन पसीना चुहाउदै।
सबैनारीको बेईज्जत नगर पैसा उडाउदै ।।
सबै चेली हैनन एस्ता एउटा दुईटा देखेको ।
जो देखे सत्य तथ्य मैले
लेखेको ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?