शुक्रबार, चैत्र १६, २०८०

घोसाखानी आ : वि मा शैक्षिक जागरण बिषयक अन्तरक्रिया कार्यक्रम शैक्षिक गुणस्तर बढाउनुपर्नेमा बक्ताको जोड

 

चन्द्रकान्त भुसाल
घोसाखानी

ढोरपाटन नगरपालिका वडा नं ३ स्थित घोसाखानी आधारभुत बिधालयमा शैक्षिक जागरणको बिषयलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा विधालयका प्र ; अ खुम ब छन्त्यालले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो, भने उक्त अवधारणा पत्रमाथी छलफल गर्दै समाजसेवी गौरीश्वर पाण्डेले व्यक्तीको पहिलो शिक्षा घर परिवार भएको र घर परिवार व्यवस्थित भए समाज र शिक्षा व्यवस्थित हुने भन्दै शैक्षिक जागरणको बहस संगै घोसाखानी मा वि लाई नमुना बिधालय बनाउदै माध्यमिक तह सन्चालन गर्नु पर्नेमा जोड दिनु भयो , उक्त कार्यक्रममा बोल्दै स्थानिय युवा ईन्द्र मणि पाण्डेले शिक्षा नै समाज परिवर्तनको आधार भएकोले सामाजिक राजनितिक र सभ्यताको विकास शिक्षा विना नहुने भन्दै माध्यमिक तह सन्चालन गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो , कार्यक्रम स्थानिय युवा बुद्धिजीवी दिपेन्द्र छन्त्यालले बोल्दै शिक्षा नै समाज परिवर्तनको आधार भएकोले दुर्गम बस्तिमा शिक्षाको ज्योति फैलाउन माध्यमिक विधालय खोलेमा ऐतिहासिक काम हुने जिकिर गर्नु भयो । कार्यक्रममा लिलाजंग छन्त्याल , राम ब वि क , शिक्षक अभिभावक संघका संयोजक लोक व विक , राजु वि क , नगर कार्यपालिका सदस्य वेल कुमारी छन्त्याल बिधालयका भु पु, प्र :अ गंगा ब कार्की , स्थानिय कृष्ण छन्त्याल ढो न पा बन अधिकृत मन कुमार छन्त्याल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो , अवधारणा पत्रमा उठेको प्रश्नको जवाफ प्र :अ छन्त्यालले प्रष्ट पार्नु भएको थियो । साथै उक्त कार्यक्रममा माध्यमिक तह सन्चालनको लागि लोक ब विक को संयोजकत्वमा ईन्द्रमणि पाण्डे ,दिपेन्द्र छन्त्याल खुम ब छन्त्याल खिम ब वि क दल ब वि क सुरेन्द्र घर्ती मगर विक्रम वि क रहेको स्रोत पहिचान समिति समेत गठन गरिएको छ । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खिम ब सुनारको अध्यक्षता शिक्षिका होम कुमारी छन्त्यालको सन्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal