शनिबार, साउन १२, २०८१

प्रधानमन्त्री ओली मोरङ जाँदै, एकीकृत बस्तीको शिलान्यास गर्ने

फागुन १८, २०७७
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि मोरङ जाँदै छन् । मंगलबार दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

मोरङको उर्लाबारीमा प्रधानमन्त्री ओलीले एकिकृत सन्थाल बस्तीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी सोझै झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे यति एयरलाइन्समार्फत विराटनगर जाने भएका हुन् ।

‘प्रधानमन्त्रीज्युँ आज मोरङ र झापा जाने कार्यक्रम छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘केही उद्घाटनका कार्यक्रम छ । कार्यकर्ता भेटघाट र प्रशिक्षणको कार्यक्रम पनि छ ।’ प्रधानमन्त्री ओली दुई दिनअघि मात्रै झापा पुगेका थिए ।

हिजो उनी पोखरा पुगे । आज फेरि मोरङ हुँदै झापा पुग्न लागेका हुन् । प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओली शिलान्यास कार्यक्रममा केन्द्रित हुन थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal