शनिबार, साउन १२, २०८१

खोक्रा चुनावी बाधा बिकास शून्य!

 

गणेश पोख्रेल

हाम्रो दाङ हाम्रो सान भन्ने गरिन्छ। बिकास मा भने सुन्य प्राय मानिसले बाटो, पानी लगाएतका अत्यावश्यकता बुझ्ने गरेको पाइन्छ। देशभर बिकास निर्माणको कार्यले गति लिदै गर्दा अनेकन बिनासको चपेटा जनताले सहन परेको छ यसैको ज्वलन्त उदाहरण हो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को स्थानिय सरकार आईसके पछी मानिसहरुमा हर्ष उल्लास छाएको थियो ।

स्थानिय सरकारको चुनाबमा भोट माग्ने बेला जनताहरुलाइ विभिन्न एजेन्डा देखाइएको थियो तर अहिले स्थानिय सरकार मौन रहेको र कुनै पनि गुनासो नसुनेको स्थानियको आरोप छ । तुलसीपुर बजार देखि करिब २ किमि अगाडि कालाखोला देखि घुसेरी पर्ने सडक भने कहिले पनि परिवर्तन भएन । कालाखोलामा १ सरकारी बिध्यालय र १ निजी बिध्यालय पनि छन दैनिक हजारौंको संख्यामा विद्यार्थी आवतजावत गर्ने पनि गर्दछन । राप्ती उधमी पार्क देखि पुर्ब पट्टी घुसेरि जाने बाटो अझैसम्म बनेको छैन बर्खाको समयमा बिमारी मानिस ल्याउन एम्बुलेन्स अाउन डराउछ त्यो बाटो मा कालाखोला बनहरि बम्नै प्रसेनी लगाएत अन्य ठाउँबाट मानिस हरू त्यो पार्क हेर्न को लागि अावाज जावात हुन्छ किन स्थानीय सरकार मौन छ तर यस क्षेत्रमा भने भोट माग्न को लागि मात्र जनतालाई प्रयोग गरिएको स्थानियहरुको भनाई छ । एतिहासिक भोटेमेलाको नाममा कयौं दिन खोलामा डोजर लगाउन सक्ने वडाले सडकको लागि भने कुनै पनि पहल नचालेको पाईएको छ ।

यस सडकमा परेको बजेट पनि जनप्रतिनिधि हरुले मिलाएर आफ्नै क्षेत्र तिर लग्ने गरेको पनि स्थानियहरुको गुनासो छ । स्थानिय चुनाब जिते देखि तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डे त्यो क्षेत्रका बारेमा बुझ्नएक पटक पनि नआएको पनि स्थानिय बताउछन ।

बिकास सबै ठाउँमा समान तरिकाले गर्नु पर्छ तर मेयर पाण्डेले स्मार्ट सिटि भन्ने अनि केही ठाउँमा बर्ष बर्ष मा बजेट प्रस्तुत गर्ने तर यो सडकमा भने एक चोटि पनि बजेट प्रस्तुत नगर्ने कुरा लिएर यो अबधारणा हास्यास्पद रहेको पनि स्थानिय बताउछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal