शनिबार, साउन १२, २०८१

लेनिनवादी संगठनात्मक प्रणालीलाई सहि तरिकाले आत्मसात गरौं

email sharing button

त्रिभुवन भट्टराई

एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि तीनवटा कुरा महत्वपूर्ण हुन्छन् । पहिलो– पार्टीको सिद्धान्त, दोस्रो– राजनैतिक लाइन र तेस्रो– संगठनात्मक प्रणाली । क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि सबैभन्दा महत्वपूण विषय भनेको उसले अपनाउने सिद्धान्त नै हो । सिद्धान्त सही भएन भने पार्टी लक्ष्यमासम्म पुग्न सम्भव हुँदैन ।

त्यसपछि पार्टीको लागि राजनैतिक लाइन पनि महत्वपूण विषय हो । पार्टीको राजनैतिक लाइन सही भएन भने पार्टीले आफ्ना गतिबिधिहरू सञ्चालन गर्न सम्भव हुँदैन । त्यसैले पार्टीको राजनैतिक लाइन ठिक समयमा ठोस परिस्थितिको ठोस विष्लेषणद्वारा नै पार्टीले कार्यनीति र रणनीतिक तय गर्नु पर्दछ । पार्टीको सिद्धान्त र राजनैतिक लाइन सही भएपछि तेस्रो महत्वपूर्ण विषय पाटीको संगठनात्मक प्रणाली हो ।

पार्टीमा सिद्धान्त र राजनैतिक लाइन सही भएर संगठनात्मक प्रणाली सही भएन भने सिद्धान्त र राजनीतिलाई ठोस र व्यवहारिक रुप दिन सम्भव हुँदैन ।

मार्क्सवादी लेनिनवादी दर्शनको प्रयोग र संगठनात्मक प्रणालीको इतिहासमा लेनिनको महत्वपूर्ण योगदान रहेको । मार्क्स, एंगेल्सको समयमा कम्युनिस्ट पार्टी र बुर्जुवाहरूको पार्टी एकै प्रकारका थिय । त्यहाँ एउटै पार्टीमा धेरै गुट, ग्रुपहरू हुन्थे । पार्टीमा भएका निर्णयहरूलाई सार्वजनिक रुपमा विरोध गर्न छुट हुन्थ्यो । बैठक बस्दा सबै ग्रुपहरु आ–आफ्नो ग्रुपहरुमा अलग–अलग मिटिङ छलफल गरेर आ–आफ्ना तरिकाले मिटिङमा पेस हुने गर्दथे । बैठकमा एकआपसका गल्तीहरू ग्रुपिङमा ढाकछोप गर्ने चलन थियो । पार्टीमा एकैखाले अनुशासन हुँदैनथियो । अहिले पनि संसारभरका बुर्जुवाहरू तेही प्रकारले चलिरहेका छन् ।

एकीकृत संगठनात्मक प्रणालीको अभावमा प्रथम अन्तर्राष्ट्रियको विगठन भयो । सन् १८७१मा पेरिस कम्युन सफल भएपनि सशक्त संगठात्मक प्रणालीको अभावमा ७२ दिन मात्र टिक्यो । र, एकीकृत सशक्त संगठनात्मक प्रणालीको अभावमा रुसमा १९०५ मा असफल भयो । ती सबै तिता अनुभवहरूबाट लनिन पुरानो प्रकारको बुर्जुवा संगठनात्मक विधिबाट कम्युनिस्ट पार्टीले आफ्ना अभिभारा पुरा गर्न नसक्ने निष्कर्षमा पुग्नुभयो र नयाँ प्रकारको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । पार्टी सञ्चालन सम्बन्धी नयाँ प्रकारको अवधारणा अघि सार्नु भयो । मेन्सेबिक विरुद्ध चलेको घमासान संघर्षको बिचबाट त्यो अवधारणाले ठोस र मुर्त रुप दिन सफल भयो । र, लेनिनवादी संगठनात्मक प्रणालीको विकास भयो । जसलाई हामी लेनिनवादी संगठनात्मक सिद्धान्त भन्दछौँ ।

लेनिनवनदी संगठनात्मक सिद्धान्तभित्र महत्वपूर्ण कडी जनवादी केन्द्रियता हो । जनवाद र केन्द्रियता दुई शब्द मिलेर जनवादी केन्द्रियता बनेको हो । जनवाद र केन्द्रियता बिचको सही सन्तुलन नै जनवादी केन्द्रियता हो । जनवादी केन्द्रियताको अर्थ हो तलबाट जनवाद, माथिबाट केन्द्रियता । अझै स्पष्ट शब्दमा भन्नुपर्दा जनवादी केन्द्रियता भनेकै छलफलमा स्वतन्त्रता र काममा एकता हो । बुझ्नलाई सजिलो होस् भनेर हामी यहाँ जनवाद र केन्द्रितालाई अलग अलग छलफल गर्ने छौँ ।

१) छलफलमा स्वतन्त्रता– सबै सदस्यहरूले आफ्नो मनमा लागेका विचार निर्भिक र स्वतन्त्र रुपमा प्रकट गर्न पाउनु, छलफलको विषय बनाउन पाउनु, सबै सदस्यहरूको जनवादी अधिकार हो । पार्टी संगठनमा सबै सदस्यहरूलाई आफ्नो मत र विचार प्रकट गर्न पाउने अधिकार जनवादले गर्दछ ।

२) आफ्नो मत सुरक्षित राख्न पाउने अधिकार– आफूले प्रस्तुत गरेको विचार धेरैले अस्वीकृत गरेको अवस्थामा पुनः आफू रहेको कमिटी र आफूभन्दा माथिल्लो इकाईमा या महाअधिवेशन, राष्ट्रिय सम्मेलनमा छलफलमा लैजाने पद्धति जनवादले प्रत्यायोजित गरेको छ । पार्टीको निर्णय वा विशेष अवस्थामा बाहेक आफ्ना विचार आफू बसेको कमिटीभन्दा तल लैजानु भनेको पार्टी अनुशासनको उल्लंघन हो । यहाँ विशेष अवस्था भनेको पार्टीको महाधिवेशन नै हो ।

३) जनवादले कनै सदस्यलाई चुन्ने र आफैँ चुनिने अधिकार सुरक्षित गरेको छ । पार्टी महाधिवेशन र राष्ट्रिय सम्मेलनमा पार्टी सदस्यहरुले खुलेर जनवादको अभ्यास गर्दछन् । पार्टीले खडा गरेका उम्मेदवारहरु आफूलाई चित्त नबुझेमा एउटा समर्थक र प्रस्तावक लिएर उ आफैँ चुन्ने र चुनिने अधिकार जनवादले दिएको छ ।

केन्द्रियतालाई हामी ६ बुँदामा राख्न सक्छौँ
१) अल्पमत बहुमतको अधिनस्थ– पार्टीको बैठक या सम्मेलनमा सके सम्म एकमतले निर्णय गरेर जाने प्रयत्न गर्नु पर्दछ । यदी सर्वसम्मत निर्णय हुन नसकेमा बहुमतीय प्रणालीको आधारमा निर्णय गरिन्छ र बहुमतले गरेको निर्णयलाई अर्को निर्णय नहुँदासम्म अल्पमत सदस्यहरुले मानेर जानु पर्दछ । अल्पमतले आफ्नो मत सुरक्षित राख्ने गरी बहुमतका निर्णयहरू कार्यन्वयन गर्दै जानु पर्दछ । आजको अल्पमत भोति बहुमत पनि हुन सक्छ । आजको बहुमत भोलि अल्पमत पनि हुन सक्दछ । पार्टीको बहुमतका निर्णयहरु सबैले मानेर जानु पर्दछ ।

अझै खास कुरा के हो भने अल्पमत बहुमत हुने निर्णयमा नपुग्दासम्म मात्र हो जब छलफल बहस पछि बहुमतीय प्रणालीद्वारा निर्णयमा पुगिन्छ । तयसपछि बहुमतका विचार र लाईन नै सबैका विचार र लाइन हुन्छन् र व्यवहारमा पनि बिना हिचकिचाहट लागु गरेर जानु पर्दछ । दुवै पक्षबाट पार्टीमा सन्तुलन कायम राख्न ध्यान दिनु पर्दछ र अल्पमतले खास गरेर बहुमतका निर्णयहरूलाई पार्टीका विचारको रुपमा मानेर फिल्डमा पार्टीको काम गर्नु पर्दछ । आफूलाई चित्त बुझेन भने आफूभन्दा तल्ला कमिटीहरूमा धागे कमिलाले धागा छोड्दै हिँडे जस्तो मेरो विचार यो हो पार्टीले सुनेन भनेर हिँड्नु गम्भीर अनुशासनको उल्लंघन हो ।

२) तल्ला समितिहरु उपल्लो कमीटीको माहाततमा– तल्ला समितिहरू उपल्लो कमिटीका माहतमा हुन्छन् । अर्थात माथिल्लो तहका समितिका निर्णय तल्ला समितिहरुले कार्यान्वयन गर्नुपर्छ भन्ने हो । अथवा नगर समितिले गरेका निर्णयहरू एरिया, टोल समितिहरूले मान्नु पर्दछ । क्षेत्रीय समितिले गरेका निर्णयहरु नगर समितिले मान्नु पर्दछ र केन्द्रीय समितिले गरेका निर्णय सबै समितिले मान्नु पर्दछ । केन्द्रीय समितिले राष्ट्रिय सम्मेलन वा महाधिवेशनका निर्णय मान्नु पर्दछ । र, महाधिवेशन नभएको अवस्थामा केन्द्रीय समिति सर्वोच्च्च अंग हुन्छ । सबै समितिरू केन्द्रीय समितिको माहतहतमा हुन्छन् र केन्द्रीय समितिले गरेका निर्णयहरू सबै समितिले मान्नु पर्दछ ।

३) व्यक्ति संगठनको माहातत हुन्छ– प्रत्येक सदस्य भेला सम्मेलन ममहाधिवेशन वा पार्टी समितिले गरेका निर्णयहरुको अधिनस्थ हुन्छन् । पार्टीको निर्णय प्रत्येक सदस्यले बिनासर्त पालना गर्नु पर्दछ र सकृयता पुर्वक लागू गर्नु पर्दछ । कुनै बहानाबाजी गरेर पार्टी निर्णयहरू उल्लंघन गर्नु हुँदैन भन्ने हो । पार्टीका निर्णयहरू आफूलाई चित्त नबुझेको खण्डमा आफू बसेको कमिटी र आफू बसेको कमिटी भन्दा उपल्लो तहमा आफ्ना कुरा राख्दै पार्टीका निर्णयहरू बिना हिचकिचाहट लागू गर्दै जानु पर्दछ।
र कडाईपूर्वक लागू पनि गर्नु पर्दछ ।

४) सम्पूणै सदस्य केन्द्रीय समितिको माहतहतमा– सबै सदस्यहरूले केन्द्रको नीति, निर्णय र निर्देशनको आधारमा बोल्नु र काम गर्नु पर्दछ । पार्टीले गरेका निर्णयहरुलाई बिनासर्त पालना गर्नु पर्दछ । एक महाधिवेशनदेखि अर्को महाधिवेशन नहुँदासम्म बिचको अवधिसम्म पार्टीका सबै निर्णयहरू मानेर जानु पर्दछ । केन्द्रले गरेको नीर्णय मा ढिलासुस्ती गर्ने, विरोध गर्ने, कुनै सदस्यलाई अधिकार हुँदैन ।

५) केन्द्रीय समिति महाधिवेशनको माहातहतमा– केन्द्रीय समिति महाधिवेशनप्रति उत्तरदायी हुनुपर्दछ । महाधिवेशनले पारित गरेका नीति अनुसार नै केन्द्रीय समितिले काम गर्नु पर्दछ । महाधिवेशनको कुनै निर्णयलाई उल्लंघन गर्ने केन्द्रलाई अधिकार हुँदैन ।

६) आत्म आलोचना आलोचना– आत्मआलोचना आलोचना पार्टी कमिटीलाई फिल्टर गर्ने माध्यम पनि हो । जसरी एउटा कोठालाई झाडु पोछा गरेर कोठा सफा गरिन्छ, समिति या व्यक्ति को हकमा पनि तेस्तै हो । पार्टीमा काम गर्ने दौरानमा काम गर्ने पार्टी सदस्य या पार्टी नेताहरूबाट गल्ति कमजोरी हुन सक्छन् । आफूले गरेका गल्ती कमजोरीहरूलाई बिनासर्त स्वीकार गर्नुलाई आत्मआलोचना भनिन्छ । आफूले गरेका गल्तीहरुलाई अन्य कुनै सदस्य वा सिंगो समितिले गर्ने आलोचनालाई आलोचना भनिन्छ । आत्मोआलोचना या आलोचना समिति सदस्यहरूको दृस्टिकोण नाप्ने एउटा मापदन्ड पनि हो ।

कुनै व्यक्ति पार्टीप्रति कति बफादार छ या छैन भन्ने कुरा उसले गर्ने आत्मआलोचनाको शैलीले पनि प्रस्ट पार्दछ । मानौं कुनै कामरेडले गल्ती गर्नु भएको छ जस्को असर पुरै पार्टीमा परेको छ तर उहाँले आफूले गरेको गल्ती सहर्ष रुपमा स्वीकार गर्नुको सट्टा ढाकछोप गर्ने प्रयत्न गर्नु भएको छ भने त्यो राम्रो पक्ष होइन । त्यसले पुरै पार्टीलाई प्रभावित पार्दछ । कुनै पार्टी सदस्यले त्यसो गर्नु हुँदैन । पार्टी सदस्यको पहिलो काम पार्टीलाई बाहिरी हमलाबाट बचाउनु र आफूले गरेका कमजोरीहरूलाई बिना हिचकिचाहट स्वीकार गर्नु हो ।
पार्टी सदस्यहरूले आफूबाट हुने कमजोरी बारम्बार दोहोराउनु हुँदैन । पार्टी सदस्यले पार्टीको हितलाई मात्र नभएर आफ्नै हितको लागि पनि गल्तीहरू गर्नु हुँदैन ।

आलोचना आत्मआलोचना ३ तहका हुन्छन्ः
क)मैत्री आलोचना
ख) प्रतिआलोचना
ग) प्रतिषोधात्मक आलोचना

क) मैन्त्री आलोचनाः यो आफ्ना समिति या सदस्यहरूको लागि सुधार्न गरिने आलोचना हो । आलोचना स्तर हेरेर गर्नुपर्ने हुन्छ ।
ख्याल गर्ने कुरा के हो भने तपाईंले आलोचना गर्न लागेको व्यक्ति कुन स्तरको हो र तपाईंले गरेको आलोचना उसले पचाउन सक्छ कि सक्दैन हेरेर मात्र स्तरअनुसारको आलोचना गर्नु पर्ने हुन्छ ताकी तपाईंले आलोचना गरेको व्यक्ति सुध्रँदै जाने हुनु पर्दछ ।

ख) प्रतिआलोचना भनेको आफ्ना कमजोरीहरु कसैले औँल्याइदियो भने स्वीकार गर्नुको सट्टा उल्टै उसको आलोचना गर्ने प्रवृति हो । प्रतिआलोचना पार्टी संगठनको लागि राम्रो होइन । पार्टी सदस्यहरूले आफ्ना कमजोरीलाई सहर्ष स्वीकार गर्दै जानु पर्दछ र प्रतिआलोजना तिर ध्यान दिन हुँदैन । यसले आफू स्वयम् र पार्टीको लागि फाइदा गर्दैन ।

ग) प्रतिशोधात्मक आलोचना– प्रतिशोधात्मक आलोचना परस्पर विरोधी शक्तिहरूलाई गरिने आलोचना हो । खास गरेर यो विरोधीहरुलाई गर्ने आलोचना हो । प्रतिशोधात्मक आलोचना आफू समकक्षका साथीहरुलाई कहिल्यै गर्नु हुँदैन । यदी त्यासो भएको खन्डमा साथी या समितिमा ठुलो असर पर्न सक्छ ।

७) अनुशासन र गोपनीयता
अनुशासन र गोपनिीयता समय सन्दर्भमा अति सम्वेदनशील विषयहरू हुन् । जसरी एउटा ब्यक्तीलाई उसको अनुशासनले कति प्रभावित पारेको हुन्छ, त्यस्तै पार्टी संगठनमा पनि अनुशासन र गोपनीयताले धेरै महत्व राखेको हुन्छ । हामी के गरिरहेका छौँ त्यो हाम्रो पार्टीका सदस्यले मात्र नहेरी अरुलेसमेत हेरिरहेका हुन्छन् ।

सानो अनुशासनको कमीले दशकौंसम्म दश नंग्रा खियाएर बनाएको इमेज एक झट्कामा समाप्त हुन बेर लाग्दैन । त्यस्तै पार्टीमा पनि हो । फिल्डमा जानेहरूले आफ्नो अनुशासन त छँदै छ, अझ ध्यान पार्टी अनुशासनमा दिन जरुरी हुन्छ । जहाँ जे मन लाग्यो तेही प्याच्च बोल्न हुँदैन । तपाईँको हरेक बोली पार्टी हितमा र पाटीको फाईदाको लागि हुनुपर्दछ ।

गोपनीयता पनि झन् महत्वपूर्ण विषय हो । पार्टीले बाहिर जाने गरेका निर्णय मात्र प्रेस आउट गर्नु पर्दछ । बाहिर लैजान नमिल्ने जति पनि सबै बाहिर लगियो भने पार्टीको सबै गेपनीयता भंग हुन्छ । त्यस्तो हुनबाट हामी सबैले तलबाट माथिसम्म अनुशासन र गोपनीयतालाई एकदम ध्यान राख्नु पर्दछ ।

८) पार्टीमा अन्तर्संघर्ष – एउटा जीवित पार्टीमा अन्तरसंघर्ष हुनु जरुरी हुन्छ । पार्टीमा अन्तरसंघर्ष भएन भने त्यो पार्टी जीवित रहन सक्दैन । त्यसैले पार्टीमा हुने अन्तरसंघर्ष पार्टीलाई गति प्रदान गर्ने उदेस्यसहित हुनु पर्दछ ।

पार्टीमा अन्तसंघर्ष हुँदा पार्टीभित्र घुस्न सफल घुसपैठिया दलालहरूसँग सजक हुन सबैले ध्यान दिनु पर्दछ ।

(लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal