शनिबार, साउन १२, २०८१

सांस्कृतिक आक्रमण 

बिन बहादुर रेग्मी प्युठानि
हामीलाई थाहा छ, दाजुभाई दिदीबहिनीको सम्बन्ध कति गाढा आत्मीयता र पवित्र हुन्छ। तिहारको बेग्लै एक दिन “भाईटीका” नेपाली हिन्दू समाजमा विशेष महत्व राख्छ। परम्परागत देउसी भैलो खेल्ने गीतमा टीका लगाउन आएको भाइको रक्षा को लागि बाटा माथि बाटा मुनि का काली नाग शेती नाग लाई सात टुक्रा पारी बचाइएको छ। त्यो दन्ते कथा जन जिब्रोमा छ। त्यो दिनको धार्मिक मान्यता महत्त्व जे सुकै होस् दाजु भाई दिदी बहिनीहरूमा पवित्र नाता गासिदिएको छ, यहि हाम्रो मौलिक परम्परा र मौलिक संस्कृति हो। यसको रक्षा र प्रगतशिल विकास आजको आबस्यकता हो। हरेक धर्म भाषा संस्कृतिको रक्षा र प्रगतशील विकास आजको आबस्यकता हो। त्यसैमा संवृद्धि र सुखी नेपालको परिकल्पना लुकेको छ। त्यसको लागि हामी नेपाली हाम्रो नेपाल को विशाल सोच को साथमा नेपाली समाज सचेत र सतर्क रहन जरुरी छ। हाम्रो मौलिकता माथि कुनै न कुनै रूपमा विदेशी साम्राज्यवादी ले राजनैतिक सांस्कृतिक धार्मिक भौगोलिक आक्रमण गरिरहेका छन्। बहादुर वीर गोर्खालीको गर्विलो वीरताको ईतिहास बोकेका नेपालीहरुलाई भौतिक आक्रमण बाट जित्न सकिँदैन भन्ने पनि बुझेका छन् त्यसैले त नेपालीको नेपाली समाजको कमजोरी कहाँ छ खोजि खोजि हमला गर्ने गरेका छन्। हेर्नुहोस् न जनैपूर्णिमा पर्व मनाउने बेलामा आज हामी रक्षाबन्धन को फोटो अपलोड गरिरहेका छौं। के रक्षाबन्धन पर्व हामी नेपालीको हो त? के हामीलाई रक्षाबन्धन मनाउन कसैले कर गर्यो र? हेर्नुस त, रक्षाबन्धन हाम्रो पर्व पनि होइन कसैले कर पनि गरेन फेरिपनि आज हामी धुमधाम सँग मनाई रहेका छौँ, नेपाली समाज जन जन घर घर मा रक्षाबन्धन बसिसकेको छ। यही त हो साम्राज्यबादी संस्कृतिको आक्रमण। हाम्रो कमजोरी भावनात्मक नक्कल गर्ने बानी छ, हाम्रो मौलिकतामा के असर पर्छ छुट्याउने तर्क राख्दैनौं। कति सजिलै हाम्रो कमजोरीको फाइदा उठाउन सक्छन् विदेशी साम्राज्यवादी संकृति ले। राजनैतिक क्षेत्रमा पनि यस्तै कयौ कमजोरी छन, तिनै कमजोरी को फाईदा उठाएर देशमा अस्थिर राजनीतिक चलखेल गर्ने, गृहयुद्ध चर्काउने सके गुलाम उपनिवेश बनाउने नसके स्वार्थ दोहनको साधन बनाउने गर्छन र गरिरहेका छन्, नेपाल त्यसैको सिकार भएको छ। विश्वमा कहिलै कसैको गुलाम नभएको स्वतन्त्र सार्बभौम सम्पन्न मुलुक, खनिज तेल पानी बन जंगलले धनि देश आज विश्वकै गरीब विपन्न असहाय पिछडिएको सूचीमा पर्नुको कारण पनि यही हो। मेरो लेख कसैको भावनामा ठेस पुर्याउनु हुँदै होइन। जहाँ जसरी पर्व मनाउने गर्नु भएको छ हाशी खुशी मनाउनु होला, स्वस्थ मस्त रहनुहोला।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal