मङ्लबार, अशोज २९, २०८१

Jhimruk Post

Advertisment

SKIP THIS

सरकारले नयाँ नक्सा सहितको १ रुपैंयाको सिक्का छाप्ने

सरकारले नयाँ नक्सा सहितको १ रुपैंयाको सिक्का छाप्ने, कति लाग्नेछ खर्च?
फागुन १८, २०७७

काठमाडौं- नेपाल सरकारले एक रुपैयाको नेपालको नक्सा सहितको सिक्का छाप्ने तयारी गरेको छ । यसका लागि १ रुपैयाँको एउटा सिक्का छपाईका लागि २ रुपैयाँ ४० पैसा खर्च लाग्ने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त कार्यका लागि गरेको ग्लोबल टेन्डर आह्वानमा परेको आवेदनबाट पोल्याण्डको मेनिका पोल्स्का एसए कम्पनी छनौट भएको हो।

न्यूनतम मूल्यमा सो कम्पनीले दिएको आवेदन छनौट भएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

नेपाल राष्ट्र बैंकले कुल ३० करोड सिक्का छपाउँन लागेको कुरा पनि उक्त सुचनामा उल्लेख रहेको छ ।

उक्त कम्पनीले कुल ५१ लाख १५ हजार यूरोमा छपाईको जिम्मा पाएको छ । हालको मुद्रा बिनिमयदरअनुसार १ यूरो बराबर १४१ रुपैयाँ हुन्छ। जसअनुसार ३० करोड थान सिक्काका लागि कुल ७२ करोड १२ लाख १५ हजार रुपैयाँ खर्च हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?