शनिबार, साउन १२, २०८१

बच्चा पाउने मसीन जस्तै नसोचीयोस नारीलाई

 

जुना भन्डारी चालिसे (मालिका गाउपालिका ६ गुल्मी हाल चंडिगढ भारत)

संघर्षको मैदानमा महिला पनि लडने हो।
प्रगतीशिल गीत गाउदै अघी बढ्ने हो।।
चिन्ता हैन चिन्तन गरी नारी अघी बढ्ने हो।
संघर्षको मैदानमा हामी लड्ने हो।।

एक रथको दुई पाङ्ग्रा महीला पुरुष बराबर।
रोकीएर हैन अघी बढौ सरासर।।
बर्गीय मुक्ती आन्दोलन को हामी एउटा पाटो हो।
अप्ठ्यारोलाई रोज्न सक्ने हाम्रो बाटो हो।।

देशको लागी मर्न परे मर्छौ पछि सर्दैनौ ।
अधीकारको लडाई लड्छौ पछी सर्दैनौ।।
कती हामीले भोगेका छौ बताएर सकिन्न।
हाम्रो लडाई चलीरहन्छ रोकी कहिल्लै रोकिन्न ।।

  1. बच्चा पाउने मसीन जस्तै नसोचीयोस नारीलाई।
    समानताको अधीकार चाहीयो हामीलाई ।।
    रुदै तीज मनाउन नपरोस है नारीलाई।
    प्रगतिशील रूपांतरण चाहियो हामीलाई।।

सम्पतीमा बराबर हक चाहियो छोरीलाई।
वैज्ञानिक शिक्षा पनि दिन सक्नु पर्यो बरीलै।।
घास बोक्छौ दाउरा बोक्छौ लीप्छौ चुला चौकानी।
आन्दोलनमा लडन हाम्लाइ चाहियो मौकानी।।

बलिया छन खुट्टा हाम्रा अप्ठ्यारोमा कुद्ने छौ।
मौका मीले गन्तब्यमा हामी पुग्ने छौ।।
खाली पुजा गर भन्यौ मन्दीर भीत्र हामीलाई।
खुट्टा धुदै पानी पीऊदा खुसी तीमीलाई।।

देउता भन्दै पुजा गर्यौ मन्दीरका देबीलाई ।
हत्या हिंसा बलत्कार जीउदा हामीलाई।।
लक्ष्मी अनि पार्वतीको उपमा दिन्छौ हामीलाइ।
छाउ पिडी र दुर्बलता को संस्कार हामीलाइ।।

घरका आमा दीदी बैनी अनी चेली बेटिलाई।
सकेसम्म को शोषण दमन किन बरीलै।।
कागजको टुक्रामा मात्र हक हाम्रो सिमीत।
कस्ले लड्ने साहस गर्छ हाम्रो हकको निमीत्त।।

नारी पुरूष बराबर हातमा हात मिलाई देउ।
सक्छौ भने समान हक हाम्लाई दिलाई देउ।।
समाजमा भएको दुई कुरा को यो झलक ।
नारी पुरुष बराबर छन छैनन केही अलग।।

ठुला ठुला सब्द लेख्ने सानो मेरो कलम ।
यो गीतलाई यही रोक्छु लाल सलाम।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal