शुक्रबार, बैशाख १४, २०८१

पौडेल समूहले गर्यो आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ । वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन् ।

यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् । पछिल्ला दिनहरुमा लगातार छलफल भएपनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका हुन।

कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । पार्टी कार्यालय, सानेपामा सभापतिका आकांक्षीहरु दायाबायाँ राखेर पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिमा एउटै उम्मेदवार दिन्छौं ।’

छिट्टै उम्मेदवार तय गर्ने उनले बताए । सभापतिका अरु आंकाक्षी भने बोलेनन् ।आजको अन्लाईन खबरमा यो समाचार छापिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?