शुक्रबार, बैशाख ७, २०८१

संसदमा प्रतिनिधित्व गर्ने मध्ये राजमाे मात्र सडकमा:जिसी

बुटवल भाद्र २३ गते
राजमाे सहित रूपन्देहीमा क्रियाशील संयुक्त संघर्ष समितिले हिजाे एमसिसी बिरूद्दकाे बिराेध प्रदर्शन पछि आज फेरि जेसिस चाैकमा काेण सभा सम्पन्न गरेकाेछ। एमसिसी बिरूद्दकाे काेणसभामा राजमाे काे तर्फबाट बाेल्दै का०नारायण जिसीले जनताले निर्वाचित गरेर पठाएका संसदमा प्रतिनिधित्व गर्ने दलहरू मध्ये राष्ट्रिय जनमाेर्चा मात्र एमसिसीकाे विरूध्द सडक संघर्षमा रहेकाे बताउनुभयो । एमसिसीका उपाध्यक्ष सहितका उच्च अधिकारीहरूकाे नेपाल भ्रमण र सरकारले संसद बैठक आब्हान गर्नु कुनै संयाेग नभै गम्भीर सडयंत्र रहेकाे ले अमेरिकी दवावमा राष्ट्रघाती एमसिसी संसदबाट पारित गर्न नदिन सबै नेपाली जनता सडकमा आउन जरुरी भएको बताउनुभयो ।
एमसिसी आई पि एस काे अभिन्न अंग भएको सूरूमै अमेरिकी अधिकारीले प्रष्ट गरिसकेको ले अझै पनि याे आईपिएसकाे अंग हाेईन भनेर अमेरिकाकाे कलाे खाएर राष्ट्रघातमा उद्दत रहेका नेपाली लेण्डुपे कथित बुद्धिजीवी, नेताहरूलाई खवरदारी गर्दै अमेरिकी साम्राज्यवाद शीत नझुक्न चेतावनी दिदै एमसिसी प्रतिनिधि सभाबाट पासभए नेपाली जनताले कहिल्यै माफ नगर्ने र आन्दाेलनकाे आधिबेहरी सरकारले थेग्न नसक्ने बताउनुभयो । नेपाललाई इराक,सिरिया र अफगानिस्तान बनाउने याे सम्झौताले देशलाई शक्तिराष्ट्रकाे क्रिडास्थल बनाएर नेपालकाे सार्वभौमसत्ता,भाैगाेलिक अखण्डता र अस्तित्व समेतमा गम्भीर चुनाैति खडागर्ने ठाेकुवा गर्नुभयो ।
अमेरिकाले ताईवान,हङकङ र तिब्बतलाई चीनबाट अलग गर्न दशकाैं सम्म सबै हतकण्डा अपनाउदा पनि असफल भए पछि नेपालमा सैन्य अखडा खडा गरेर चीन बिरूद्द सिधा हस्तक्षेपको याेजना सहित एमसिसी प्रवेश गराउन खाेजेकाेले पिता पूर्खाले बचाएकाे नासाे आगामी पुस्तालाई बुझाउन एमसिसी खारेजकाे विकल्प नभएको बताउनुभयो ।
संयुक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माआोवादी)का का० प्रगति राना,नेकपाका का०बिरेन्द्र विक र नेकपा(माले)का नेता गाेपालमणी गाैतमले पनि सम्बाेधन गर्नुभएको थियोे ।सबै बक्ताहरूले एमसिसी बिरूद्दकाे आन्दाेलनलाई शशक्त बनाउन आमजनतालाई अगाडि आउन आब्हान सहित हस्ताक्षर गरेर पास गर्ने सांसदहरूलाई टाेल प्रवेशमा समेत राेक लगाउन आम जनसमुदाय शीत अनुरोध गरे। कार्यक्रमकाे सहजीकरण नागरिक समाजका पदम कार्कीले गर्नुभयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?