शुक्रबार, चैत्र १०, २०७९

अमर शिह माध्यमिक बिधालय का भुतपुर्व बिद्यार्थीहरुको भेला काठमाडौं मा सम्पन्न

दीपेन्द्र सुनार प्युठान भाद्र २७,अमरशिह माध्यमिक बिधालय झिमरुक गाउपालिका वार्ड न १ सौतामारेका भुतपुर्ब बिद्यार्थीहरुको भेला काठमाडौ मा सम्पन्न भएको छ।
सनिवार भुतपुर्ब बिधार्थी संकर जि सि को अध्यक्षतामा काठमाडौ को पाटन संयुक्त क्याम्पस पाटन ढोका ललितपुरमा सम्पन्न भएको भुतपुर्ब बिद्यार्थी बिकास जि सि ले बताएका छ्न।
भेलाले भुतपुर्ब बिद्यार्थीहरुको उपस्थितमा आ आफ्नो स्थानबाट बिधालयको अहिले सम्मको गतिविधिको रिपोर्टिङ गर्दै विभिन्न विषयहरुमा छलफल गरिएको थियो।
भेलाले अमरशिह बिधालयको आल्मोनाइ गठन प्रक्रियालाई साथर्कता दिनको लागि बडा दसैको समय उपर्युक्त ठहर गरि बिधालयमा अध्ययापन गरेका भुतपुर्व बिधार्थिहरु देश तथा बिदेशमा रहेका हरुलाई समेत गोलबन्द तथा छलफल गर्न का लागि निम्न ततर्थ समिती समेत गठन गरेको छ।जसमा संयोजक संकर जि सि सहसंयोजक सागर थापा, बिकाश जि सि , कपिल जि सि ,केशर जि सि , र दिपक कुमार नेपाली रहेका छ्न त्यस्तै सदस्यहरूमा शुरेश जि सि , बिस्णु बि क , सरोज जि सि , संकर जि सि (ख), बिस्णु जि सि बिनोद जि सि , सुरेश थापा राजु खनाल र केशर जि सि रह्ने गरि १५ सदस्य ततर्थ समिती गठन समेत गरेको छ।
बिधालयले गत माघमा सम्पन्न गरेको स्वर्ण महोत्सव तथा ११/१२ सन्चालन गर्ने उधेश्यका साथ आर्थिक सङकलन गरिएको र उक्त उधेश्य अनुरुप काम नभएको देखिएकाले स्वर्ण महोत्सव तथा ११/१२ सन्चालन समितिसङग जानकारी लिने समेत निर्णाय गरेको छ।
साथै हालचालै नबनिर्मित भबनको बारेमा उठेका प्रश्न हरुको सत्यतथ्य जानकारी बाहिर ल्याउन बिधालय ब्याबस्थापन समिती तथा भबन निर्माण समितिलाइ सिफारिस गर्ने समेत भेलाले निर्णय गरेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?