शनिबार, साउन १२, २०८१

अनेरास्ववियु (क्रान्तिकारी) प्युठानको जिल्ला अध्यक्षमा प्रेम बिश्वकर्मा निर्वाचित

 

शंकर प्रसाद पोख्रेल

 

प्युठान,बिजुवार
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) प्युठानको जिल्ला अध्यक्षमा प्रेम बिश्वकर्मा चयन निर्बाचित हुनुभएको छ ।

आईतबार प्युठानको जुम्रीमा भएको २० औं जिल्ला सम्मेलनले रमेस बिश्वकर्मालाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्बाचित गरेको थियो ।
अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्षहरुमा सुन्दर के.सी. सुजता थापा, सञ्जय श्रेष्ठ , सुशीला घर्ती, सचिवमा आनन्द जि.सी.र सहसचिवहरुमा गिर जाेन(बि.क.), सुरज खनाल,कोषाध्यक्ष अनुज पछाई निर्बाचित भएका छन् ।

बिश्वकर्माको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।जिल्ला अध्यक्ष पुष्कर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारिका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारी प्रमुख अथिती र सुमन श्रेष्ठ ,मिलन एम सि कृष्ण घिमिरेको पनि आतिथ्यता रहेको थियो।

उक्त सम्मेलनमा अन्य निर्बाचित हुने सदस्यहरुमा सागर पुलामी ,पुरन केसि ,प्रकाश केसि,माधब केसि, सन्तोस पोख्रेल ,केसब बस्नेत,महेन्द्र बिक किरण एमसि ,सागर एमसि,प्राकास बिक ,युबराज आचार्य ,त्रिबिक्रम कुंवर मुकेस पौडेल ,बिनोद के एम ,,प्रदिप केसि लंका बाहदुर सुनार ,किरण खड्का ,रबिक केसि,बिमला खड्का समीर योगि लगायतको ४१ सदस्यीय जिल्ला समिति बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal