आइतवार, अशोज १४, २०८०

कम्युनिष्ट आन्दोलनका धरोहर खगुलाल गुरुङको निधन

नेपाली कम्युनिस्ट आन्दोलनका सबैभन्दा पुराना नेता  तथा नेकपा मसालका जेष्ठ सदस्य कामरेड  खगुलाल गुरुङको निधन भएकाे छ ।प्यूठान गौमुखी गाउँपालिका, नारीकोट निबासी खगुलाल गुरुङको १ सय ४ वर्षको उमेरमा बुटवलको लुम्बिनी अस्पतालमा निधन भएको हाे । बामपंथी नेता गुरुङ   नेपाल कम्युनिस्ट पार्टि मसालका जेष्ठ वरिष्ठ सदस्य हुनुहुन्थाे ।

बिगत केहि  दिनअघि देखि  स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियाे । स्वास्थमा सुधार नआएपछि अक्सिजन सहितको एम्बुलेन्सबाट बुटवल रिफर गरिएको थियाे । कामरेड खगुलाल गुरुङको कम्युनिष्ट आन्दोलनमा  क्रान्तिकारी भुमिका निभाउनु भएको थियो,नेकपा मसालका महामन्त्री मोहन बिक्रम  सिंह शीत मिलेर  उहाँहरुले २०१० सालमा प्युठानमा  किसान आन्दोलन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?