शनिबार, साउन १२, २०८१

झिमरुकमा गर्भाअबस्थाका महिलाहरुका लागि निशुल्क अल्ट्रासाउन्ड सेवा सन्चालनमा आउदा स्थानीय हर्सित

दीपेन्द्र सुनार प्युठान ,असोज ८
प्युठान जिल्लाको झिमरुक गाउपालिकाले गर्भाअबस्थाका महिलाहरुको सहजताका लागि निशुल्क अल्ट्रासाउन्ड सेवा संन्चालनमा ल्याएको छ।
बिहीवार झिमरुक गाउपालिकाको वार्ड न ५ को ओखरकोट मा अबस्थित ओखरकोट स्वास्थ चौकी मा प्रदेश सरकारको अनुदान स्वरुप करिब ६ लाख ७६ हजारको बराबरको अनुदानमा उपलब्ध भएको उक्त अल्ट्रासाउन्ड मेसिनको झिमरुक गाउपालिकाकी उपप्रमुख पबित्रा जि सि ले उद्घाटन गर्दै सोही सेवा नियमित रुपमा सन्चालनमा आएको ओखरकोट स्वास्थ चौकीकि प्रमुख बिजुला बि सि ले बताउनुभएको छ।
गर्भाअबस्थामा रहेका महिलाहरुको समयमै गर्भजाच गरि जटिलता पत्ता लगाइ समस्याको पहिचान गरि उचित ब्याबस्थापन गर्ने र मार्तु तथा नबजात शिशुको मत्युदर घटाउने उदेश्यले ग्रामीण भेगको ओखरकोटमा अल्ट्रासाउन्ड सेवा सुचारु गरिएको बि सि को भनाइ रहेको छ।
उक्त अल्ट्रासाउन्ड को उद्घाटन गर्दै गाउपालिकाकी उपप्रमुख पबित्रा जि सि ले ग्रामिण भेगमा गर्भाअबस्थाका महिलाहरुलाइ चेकजाँच गर्नका लागि निशुल्क अल्ट्रासाउन्ड सेवा संन्चालनमा आउदा आफू अत्यन्तै खुसी भएको र यस बाट गर्भाअबस्थाका महिलाहरुलाइ निशुल्क सेवा प्रदान गरि सदरमुकाम को अस्पतालमा गएर घन्टौ लाइन बस्ने समस्याबाट टाढा बनाइ सहयोग गर्न स्वास्थ चौकी मा काम गर्ने स्वास्थकर्मी लाई अनुरोध गर्नुभएको छ। साथै गाउमा आएको यो सेवा सबै गर्भा अबस्थाका महिलाहरू ले आएर नियमित सेवा लिनुहुन आग्रह गर्नुभएको छ।
गाउपालिकामा निशुल्क अल्ट्रासाउन्ड सेवा सुचारु भएसङगै करिब ७०० जनशक्ति लाभान्वित हुनेभएसंङगै सदरमुकाम को अस्पतालमा हुने काम गाउपालिकामा संन्चालन हुदा गर्भा अबस्थाका महिलाहरू थप शुरक्षित भएको भन्दै स्थानीयहरु खुसी भएका छ्न।
उदघाटन कार्यक्रम मा झिमरुक गाउपालिकाकी उपप्रमुख पबित्रा जि सि ,झिमरुक गाउपालिकाका प्रसासकिय अधिकृत कमल प्रसाद भुसाल , झिमरुक गाउपालिकाका स्वास्थ प्रमुख बिकाश के सि , वार्ड न ५ का वडा अध्यक्ष टीका जि सि लगायत स्वास्थ चौकी मा काम गर्ने स्वास्थ कर्मिहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal