शनिबार, साउन १२, २०८१

कपिलवस्तुमा अन्य पाटी छोडेर राष्ट्रिय जनमोर्चामा प्रवेस गर्ने बढ्दै

केयरसिंह अदै
कपिलवस्तु , कपिलवस्तु जिल्लाको पश्चिम विजय नगरगाउँ पालिकामा राष्ट्रिय जनमोर्चाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ, विजयनगर गाउँ पालिका वडान ७ झुलानिया विद्यालय मा सम्पन्न पार्टी प्रवेश कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य को प्रमुख आतिथ्यतामा र राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अधक्षय, गोपाल सुनार को अध्यक्षतामा सम्पन्न भएको थियो।२०५६ सालमा एमालेबाट वडासदस्यमा निर्वाचित, २०७३ सालमा लोकतान्त्रिक फोरम बाट वडासदस्यमा, ६ मत ले पराजित हुनु भयका समाज सेवी, शिव रात्रि पठान, सहित ३५ जना, र नेपाली कांग्रेस विजयनगर गाउँपालिका ७ , दत्तपुर गाउँसमिति सदस्य , कल्लू अहिर, र श्याम सुन्दर यादव, सहित १५ जना राष्ट्रिय जनमोर्चा मा प्रवेश गरेका छन्, उहाँहरुलाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यले अबिर लगाएर स्वागत गर्नुभएको थियो।भने राष्ट्रिय जनमोर्चा सल्लाका र, तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक का केन्दीय सदस्य केरसिंह अदैले सदस्यता प्रदान गर्नु भएको थियो।साथै ,दधिराम आचार्य र केर सिंहआदैले देशको तत्कालीन राजनीतिक परिस्थिति को बारेमा प्रकाश पार्नु भएको थियो। नव प्रवेशिहरुलाई, अखिल नेपाल यातायात मजदुर संघ कपिलवस्तु का जिल्ला अध्यक्ष नागराज योगी, राष्ट्रिय जनमोर्चा विजय नगर ५ का अध्यक्ष खडेरु पासी, वडा नं ६ का अध्यक्ष पटेश्वरी यादव, वडानं ७ का अध्यक्ष राम समरे धोबी ले बधाई तथा शुभकामना दिनु भएको थियो।कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा विजयनगरका सचिव गोविन्द परिवार ले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal