शनिबार, साउन १२, २०८१

अराजकताबादिहरुको आफै स्वोघोशित क्रान्तिकारी बन्ने दुइदिनको रहर मात्र हो

बिन बहादुर रेग्मी प्युठानी

नेकपा मसाल को आठौ महाधिवेशन देखि रुष्ठ कथित अल्पमतका साथीहरुले हिजो भर्चुअल अन्तर्राष्ट्रिय भेला गरेर अन्तर्राष्ट्रिय नेपाली एकता समाज गठन गरेको समाचार सार्वजनिक भएको छ। नेकपा मसाल समर्थित अन्तर्राष्ट्रिय नेपाली एकता समाज ले उक्त कथित अन्तर्राष्ट्रिय भेला अवैध भएको भनेर खारेज गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। यो भन्दा पहिला पनि सात नम्बर प्रदेशमा र दुई नम्बर प्रदेशमा कथित बिद्रोही राजमो प्रदेश स्तरिय भेलालाई राजमो केन्द्रिय समिति ले सिधै खारेज गरिसकेको छ। जिल्ला स्तरमा जहाँ जहाँ सम्भव छ त्यहाँ त्यहाँ समानान्तर कमिटी गठन गर्दै हिँडेका छन्। आगामी दिनमा यो गतिविधि सबै प्रदेश जिल्ला र सबै तहमा गर्नेछन्। जसलाई पार्टीले फुटपरस्त अराजक अनुशासनहीन भनेको छ। उनीहरूले यसलाई फुटपरस्त अनुशासनहीन मान्दैनन भन्छन् पार्टी केन्द्रलाई सुध्रिन दबाब दिन गरिएको विद्रोह हो भन्छन। हामीले पार्टी फुटाल्न खोजेको होइन पनि भन्छन्। दैलेख राजमो का केही मान्छेहरू एमालेमा बिलय हुँदा खुशी मनाउँछन् र पार्टी नेतृत्वलाई दोष दिन्छन्। पार्टीले वर्ग दुस्मन घोषणा गरेको प्रतिक्रियावादी पार्टी नेपाली कांग्रेस सँग गठबंधन गरेको विरोध गर्छन। यसो त मित्र शक्ति घोषणा गरेको नेकपासँगको चुनावी तालमेलको र सरकारलाई दिएको समर्थनको पनि विरोध गरेका थिए। नेकपा फुट पछि वली प्रतिगमनको विरूद्ध राजमोले सरकारलाई दिएको समर्थन फिर्ता लियो त्यसको पनि विरोध गरे। पार्टीले एम सी सी को विरोध गरेर देशव्यापी रूपमा आन्दोलनको उठान गरेको छ त्यसको पनि विरोध गरिरहेका छन्। उनीहरूको विरोधमा मोहनविक्रम सिंह प्रतिको पूर्वाग्रही आक्रोश आवेश लुकेको देखिन्छ। उनीहरूको विरोधमा कुनै निति सिदान्तको मेल छैन। पार्टी विरोधी गतिविधिमा लगभग अब केही कसर बाँकी छ जस्तो लाग्दैन। पार्टी दक्षिणपन्थी दिशामा जान थाल्यो भन्दैछन्। पार्टीले दक्षिणपन्थी लाइन पास गर्यो पनि भन्दैछन्। कुरो यहीँनेर बाझिएको छ।महाधिवेशनले दक्षिणपन्थी लाइन पास गरिसकेको छ तर पार्टी अझै दक्षिणपन्थी भइसकेको छैन। त्यो दिशामा जान अग्रसर छ भन्छन्। त्यो पनि कांग्रेस सहितको संयुक्तमोर्चा गठबंधनमा सामेल भएको हुनाले। कति हास्यासपद तर्क हो यो। संयुक्तमोर्चा गठबंधनको पार्टी निति थाहाँ छैन र यिनीहरूलाई? आबस्यकता अनुसार कार्यगत एकता संयुक्त मोर्चा गठबंधन गर्दा दुस्मन शक्ति सँग पनि संघर्ष एकता संघर्ष को विधि अपनाइन्छ। मित्र शक्ति सँग पनि एकता संघर्ष एकता को निति अन्तर्गत कार्यक्रम हुने गर्छ। यही नीति र विधि अन्तर्गत वली सरकार र नेकपा डबल संगको चुनावी तालमेल र सरकारलाई समर्थन हो भने त्यही निति र विधि अन्तर्गत नै वली प्रतिगमन इतर कांग्रेस सहितको पांच दलिय गठबन्धन मोर्चामा आबद्ध भएको न हो। कांग्रेसमा मिसिएको जसरि विरोध गर्नुको कुनै तुक छैन। यिनीहरू आफै स्वोघोशित क्रान्तिकारी बन्ने रहर गरेका छन्, के तिनीहरूले बनाएको पार्टीमा सयुंक्त मोर्चा गठबंधन वा कार्यगत एकताको यो मार्क्सवादी लेनिनवादी विधि निति लागू गर्दैनन? के तिनीहरूले केन्द्रिय समिति को निति नियम अनुसार काम गर्न पर्दैन? के त्यहाँ फरक विचार राखेर अनुशासन उलंघन गर्ने सबैलाई छुट हुनेछ? कस्तो अनौठो क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउँदै छन्? सामान्य म जस्ता सर्वसाधारण जनतालाई पनि चित्त नबुझेको कुरा त्यसमा सामेल भनिने नेताहरुलाई कसरी हजम भइरहेको छ? कुन स्वार्थले काम गरेको छ? प्रश्न गर्ने ठाउँ छ।

एउटा अर्को अचम्म लाग्ने कुरा के छ भने आफै सामेल भएको महाधिबेसन को विरोध गर्ने अनि समानान्तर कमिटी गठन गर्दै असली मसाल हामी नै हौं भन्ने यो भन्दा भद्दा मजाक के हुनसक्छ। केही समय केही मान्छेहरूलाई भ्रम पार्न सकिन्छ कि भन्ने असफल प्रयत्न मात्र हो। सनक र लहडमा मोहविक्रम को रिसले चुर चुर भई आवेशमा कस्तो क्रान्ति होला र कार्यकर्ता ले प्रश्न गरिरहेका छन्। दुई चार जना जम्मा गरेर समिति गठन गर्दैमा कम्युनिस्ट पार्टी बन्दैन निति सिदान्त विचार हुनै पर्छ। भ्रममा नपर्न साथीहरूलाई अनुरोध गर्दछु।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal