
प्यूठान । मल्लरानी गाउँपालिका ४ टोप्रेमा पिकअप जिप दुर्घटना हुदा एक जानाको ज्यान गएको छ । प्यूठान मल्लरानी गाउँपालिका २ की १७ महिने बालिका प्रतिमा सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा ९ जना घाईते भएका छन् । मृतक सुनारकी आमा २८ वर्षिय राधिका सुनार,गाडी चालक मल्लरानी गाउँपालिका २ का ३४ वर्षिय प्रेम सुनार, प्यूठान नगरपालिका ९ कि २८ वर्षिय सृजना घर्ति, निजको १७ महिनाकाे छोरा अनिरुद्र घर्ति, सोही ठाउँ निवासी ४१ वर्षिय कल्पना सुनार दुर्घटनामा परि घाईते भएका छन् ।
यस्तै झिमरुक गाउँपालिका ६ का ३२ वर्षिय छविलाल सुनार, सोही ठाउँका २७ वर्षिय सन्तोष चुदारा, ३९ वर्षिय आसुमाया चुदारा, २७ वर्षिय लटेर चुदारा घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरी भट्टराईले बताउनुभयो ।
१७ महिनाका अनिरुद्र र २७ वर्षिय सन्ताेषकाे अवस्गा सामान्य रहेकाे उहाँले जानकारी दिनुभयाे ।
मल्लरानी गाउँपालिका २ स्याला देखि खलंगा तर्फ आउँदै गरेको ग १ ज ७८१४ नम्वरको पिकअप जिप मल्लरानी गाउँपालिका ४ टोप्रे सडक खण्डमा दुर्घटना भएको हो । घाईतेहरुको थप उपचारको लागि प्यूठान अस्पताल विजुवारमा पठाइएको प्रहरीले जनाएको छ ।











