बिहिबार, चैत्र १५, २०८०

कालीगण्डकी अर्बेनीका राक्से र बौर गाउँका सबै बासिन्दा राष्ट्रिय जनमोर्चामा प्रवेश

 

मिति २०७८/६/१२

शंकर प्रसाद पोख्रेल
गुल्मी तम्घास

गुल्मी जिल्ला कालीगण्डकी गाउंपालिका वडा नं दुइका अर्बेनिमा पर्ने दुई गाउँ बौर र रक्से गाउँका बासिन्दाले अरु सवै पाटी स्वार्थी भएको भन्दै देशको एक मात्र सहि पाटी राष्ट्रिय जनमोर्चा भएको बताउंदै सिङ्गै गाउनै राष्ट्रिय जनमोर्चामा प्रवेस गरेकाछन एक कार्यक्रमका बिच सम्पुर्ण गाउबासिलाइ राष्ट्रिय जनमोर्चाका केन्द्रिय नेता रामकुमार क्षेत्री र तारा थापाले पाटी प्रबेस गराउनुभएको थियो।

उपस्थित जनताहरुलाइ राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षत्री ले प्रशिक्षण गर्नु भएको थियो । उहाँले आज नेपालमा काङ्ग्रेस एमाले र माओवादी ले अंगालेको नितिले गर्दा देशले फट्को मार्न नसकेको बताउनुभयो, , उहाँले ,एमसिसी संझौता राष्ट्रघाती भएकोले सम्पुर्ण देशभक्त नेपालीहरुले बिरोध गर्नुपर्ने बताउनुभयो ,देशमा संघीयता आवश्यक न रहेको भन्दै संघीयता खारेज गर्नुपर्ने माग राख्नुभयो, त्यसैगरी गाउपालिका कि उपाध्यक्ष तथा राजमो केन्द्रिय सदस्य तारा थापा क्षत्री ले गाउपालिकालाई समृद्ध बनाउन बिकास गर्न हामी सबै एक हुनुपर्ने बताउदै सबैको साथमा गाउको बिकासमा हातेमालो गर्नु पर्ने कुरा गर्नु भएको थियो। अखिल नेपाल युवक सङ्ग कालीगण्डकी गापा का अध्यक्ष मेघराज शर्मा को पनि उपस्थिति थियो ।
विभिन्न पाटी परित्याग गरि राष्ट्रिय जनमोर्चा प्रवेस गर्नेहरुको नामबली यश प्रकार छ।
खिम बहदुर पुन,हेम कुमारी बिक,धन बहादुर बिक,गैंकली बिक देबि पुन,,चन्द बहादुर बुढा,देम्मती बुढा,डम्बर बहादुर बिक,नर बहादुर बिक, छबिलाल बुढा,मन कुमारी बुढा,रेसम भट्टराई ,,मान कुमारी भट्टराई ,दिलमाया पुन,जसि कुमारी पुन।प्रेम कुमारी बुढा, नन्द बहादुर बुढा,मिना संजाली कुमार बिक,दिल बहादुर पुन,जग बहादुर बुढा गंगा कुमारी थापा,गिरि प्रसाद थापा,लाल ब बुढा,ममता थापा लगायतकाले अन्य पाटी छोडेर राष्ट्रिय जनमोर्चा प्रबेस गरेका हुन नब प्रबेसिहरुले राष्ट्र जनताको पक्षमा लड्ने देशको एक मात्र पाटी चित्र बहादुर केसिले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा भएको बताउदै आफुहरु प्रबेस गरेको बताए साथै नब प्रबेसिहरुले सहि र ईमानदार पाटी राष्ट्रिय जनमोर्चा भएकोले भुल भुलैयामा परेर अरु पाटिमा बसेकाहरुलाइ राष्ट्रिय जनमोर्चा नै रोज्न अनुरोध गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal