बिहिबार, चैत्र १५, २०८०

गुरुकुल एकेडेमी दाङको आयोजनामा अन्तरकृया कार्यक्रम प्युठानमा सम्पन्न

 

जुमान सिंह के सी प्युठान

गुरुकुल एकेडेमी दाङको आयोजनामा अन्तरकृया कार्यक्रम प्युठान जुम्रीमा मंगलबार सम्पन्न भएको छ।
अन्तरकृया कार्यक्रममा गुरुकुल एकेडेमी दाङ घोराहीले गरेको शैक्षिक गतिविधि र विभिन्न परियोजनामा सहाकार्य गर्ने बारेमा छलफल भएको थियो।
बिधालय बिधालय बिचमा सहकार्य गर्दै शिक्षण सिकाई क्रियाकलापमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमीका १०+२ कोर्डिनेर निमानन्द गैरेले बताउनु भयो।
गुरुकुल एकेडेमीले आगामी मंसिर महिनामा भाइ बहिनी मिलन कार्यक्रम को आयोजना गर्ने भएको छ दाङ रोल्पा प्युठान र सल्यनबाट सहभागी गराई कार्यक्रम गर्ने कार्यक्रममा जानकारी समेत गराइएको छ।
प्युठान जिल्लाका सस्थागत बिधालयहरुको अवस्था, जिल्लाको समग्र शैक्षिक अवस्थाको बारेमा समेत छलफल भएको थियो।
१०+२ कोर्डि्नेटर निमानन्द गैरेले सहजीकरण गर्नु भएको थियो।
अन्तरकृया कार्यक्रमको अध्यक्षता गुरुकुल एकेडेमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरिले गर्नु भएको थियो।
कार्यक्रममा प्युठान प्यप्सनका केन्द्रिय सदस्य जगनाथ पोख्रेल, प्युठानका अध्यक्ष गिर बहादुर भण्डारी लगाएलले बोल्नु भएको थियो।
कार्यक्रममा शिक्षक, बिद्यार्थी तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal