शुक्रबार, चैत्र १६, २०८०

के हो ऋणपत्र ? जानीराखौँ फाइदा र महत्व

काठमाडौँ – कूल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई नै ऋणपत्र भनिन्छ । अर्को शब्दमा भन्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदि शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो ।

यसरी कुनै पनि कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरि कम्पनीको अचल जायजेथा धितो अथवा बन्धक राखि वा नराखी ऋण पूँजी उठाउन सक्छ । यसमा लगानी गर्ने लगानीकर्ताले आफूले गरेको लगानी रकममा तोकिएको ब्याजदर प्राप्त गर्दछन् । ऋणपत्र किन्दा लगानीकर्ताले एकैनासले निरन्तर ब्याजदर पाउने हुनाले ऋणपत्रको लगानी सुरक्षित मानिन्छ ।

साधारण शेयर तथा अग्राधिकार शेयरधनीलाई लाभांश दिनुअघि नै ऋणपत्रका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन् । संगठिक संस्था नोक्सानीमा गएपनि लगानीकर्ताले ब्याज प्राप्त गरी नै रहन्छन् । कम्पनी नोक्सानमा गयो भन्दैमा लगानीकर्ताले ब्याज नपाउने भन्ने हुँदैन । त्यसैले पनि ऋणपात्रको लगानी सुरक्षित मानिन्छ ।

यदि कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर समयमा प्राप्त गर्न असमर्थ भएमा ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले कम्पनीलाई खारेजीमा पठाउन कारवाही समेत चलाउन सक्ने व्यवस्था हुन्छ । शेयर बजारमा ऋणपत्रमा भन्दा जोखिम हुन्छ । त्यसैले शेयर बजारमा जोखिम देख्ने लगानीकर्ताले ऋणपात्रमा लगानी गर्न आकर्षित भएका हुन्छन् । त्यसैले जोखिम उठाउन नखोज्ने लगानीकर्ताहरुले ऋणपत्रमा लगानी गर्नु उत्तम मानिन्छ ।

वीकिपिडियामा ऋणपत्रलाई यसरी परिभाषित गरिएको छ :
कुल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरी स – साना एकाइहरूमा विभाजित गरीसकेपछीको एक अंश वा इकाइ नै ऋणपत्र अङ्ग्रेजी (बोण्ड) हो । कम्पनीले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पूँजी उठाउन सक्छ । ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याज दर र भुक्तानी विधी अचल जायजेथा धितो राखेको भए सो को अवस्था आदि शर्तहरु उल्लेख गरी अधिकारीक रूपमा गरिदिएको लिखत पत्र हो ।

यस्ता हुन्छन् ऋणपत्र महत्व
कम्पनीको शिलमोहोर लागेको लिखित प्रतिज्ञापत्र नै ऋणपत्र हो । लगानीकर्तालाई साँवा भुक्तानी हुने मिति, ब्याज भुक्तानी दर, प्रकृया तथा प्रत्येक ऋणपत्रको अंकित मूल्य पनि उल्लेख गरिएको हुन्छ । कुनै पनि कम्पनीले ऋण पूँजी उठाउन चाहेमा सो कम्पनीको जारी पूँजी चुँक्ता भएको हुनुपर्ने व्यवस्था छ । ऋणपत्रका लगानीकर्ताले ऋणपत्र जारी गर्ने कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मताधिकार भने हुँदैन । ऋणपत्रको ब्याजदर पहिले नै निर्धारित हुन्छ । त्यसैले कम्पनीले धेरै नाफा कमाउँदा पनि लगानीकर्ताहरुको नाफामा थप दाबी गर्ने अधिकार हुँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal