शनिबार, साउन १२, २०८१

तिलोत्तमा जिल्ला स्तरिय टेक्वान्दो च्याम्पियन सिप–२०२१ को उपाधि तिलोत्तमा तेक्वान्दो डोजाङ ले हाता पार्यो

मिलन परियार बुटवल, तिलोत्तमा सम्पन्न प्रथम तिलोत्तमा जिल्ला स्तरिय टेक्वान्दो च्याम्पियन सिप–२०२१ को उपाधि तिलोत्तमा तेक्वान्दो डोजाङ ले जितेको छ । तिलोत्तमा टेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा तिलोत्तमाले १४ मेडल सहित प्रथम भएको हो । जसमा पुरुषतर्फ तिन स्वर्ण र महिलातर्फ २ स्वर्ण र रजत पदक रहेका छन् ।

बुटवलका लागि १५ के.जी.मुनीको तौलमा अबिरल दर्जि र २१मुनी सक्सेस दर्जि ५८ के.जी मुनीको तौलमा राहुल परियार ले स्वर्ण पदक जितेका हुन । त्यसैगरी १५ के.जी.मुनी साया रुचाल ३७ के.जी.मुनी अन्जली चौधरी स्वर्ण पदक जिते भने ४०के.जी.मुनी तौलको प्रतिष्पर्धामा सुनिल श्रेष्ठ र २५ के.जी मुनी राज चौधरीले रजत पदक प्राप्त गरेको कोच यमुना थारुले जानकारी गराए ।

त्यस्तै २१के.जी.तौल मुनीको प्रतिष्पर्धामा सक्सेस दर्जि उत्कृष्ट भए ।उनले वेस्ट फाईटरको ट्रफि ,टिस्ट र प्रामाणपत्र प्राप्त गरेको तिलोत्तमा टेक्वान्दो डोजाङका प्रमुख विस्नु कुमार चौधरीले जानकारी गराउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal