शनिबार, साउन १२, २०८१

लुम्बिनी प्रदेशको ३ पालिकामा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन

मिति २०७७ असोज १० गते, कार्तिक १० र १२ गते ,
अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठनको लागी १ दिने समन्वय बैठक लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, बर्दियाको गोलरिया र प्यूठानको प्यूठान नगरपालिकामा सम्पन्न भएको छ। अपाङ्गता पुनर्स्थापना प्लेटफर्मको उद्देश्य : हेरचाहकर्ताहरुले भोगिरहेका चुनौती र अनुभवहरुको आदान प्रदान गर्ने, पुनर्स्थापनाको सेवाको सवाल र महत्वमा छलफल गर्ने,आवश्यकता अनुसार सेवा प्रदायक र बिज्ञहरु/ फिजियोथेरापिस्टहरु बाट परामर्श लिन, बजेट विनियोजनका लागि पालिकासंग आवश्यक समन्वय आदि रहेका छन्। साथै अपेक्षित उपलब्धी र यसका कानुनी तथा नितिहरुको बारेमा छलफल भएको छ। (अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को परिच्छेद-७, परिच्छेद-९ मा अपाङ्गता भएका ब्यक्तिका अधिकार, सेवा सुबिधा तथा संरक्षणका बिषय, परिच्छेद-९ को दफा ४३ मा अपाङ्गता समन्वय समितिको काम कर्तब्य र अधिकार)
नेपालगञ्ज उपमहानगरपालिकामा १७ सदस्य, गोलरिया र प्यूठान नगरपालिकामा १३ सदस्य रहेको समिति गठन भएको छ । १९ महिला र ३६ पुरुष गरी जम्मा ५५ जनाको सहभागितामा अपाङ्गता पुनर्स्थापना प्लेटफर्म गठन भएको छ । बैठकमा उपस्थिती अपाङ्गता समन्वय समितिका पदाधिकारी, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका हेरचाहाकर्ताहरु,अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाका प्रतिनिधि, सरकारी फिजियोथेरापी एकाई प्रतिनिधीहरु – फिजियोथेरापिस्ट, पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरु, स्थानिय तहको शाखा प्रमुख आदि ब्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

प्यूठान नगरपालिकाको उपमेयर शान्ता आचार्यले “प्रत्येक बैठकमा चिया नास्ताको ब्यवस्था नगरपालिकाको तर्फबाट गर्छौ “भन्ने कुरा बताउनु भयो ।
नेपालगञ्ज उप महानगरपालिकाको उपमेयर श्री उमा थापा मगरले ” यो समितिले अपाङ्गता समन्वय समितिको उपसमितिको रुपमा काम गर्ने छ। हाम्रो उपमहानगरपालिका र राष्ट्रिय अपाङ्ग महासंघ मिलेर यो समितिको प्रभावकारीता र कार्यान्वयनमा लाग्नुपर्छ ” भन्ने कुरामा जोड दिनु भयो ।
अपाङ्गता समन्वय समितिको सक्रिय सहभागितामा कार्यक्रम भएको थियो। सहभागीको तर्फबाट निरन्तर बैठक सञ्चालन गर्न महासंघ र स्थानिय पालिकाले आवश्यक सहयोग पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम बारे प्रस्तुतिकरण राष्ट्रिय अपाङ्क महासघ लुम्बिनी प्रदेश सचिव हुमनाथ अधिकारी, परियोजना अधिकृत-श्रृजना पन्थी, परियोजना संयोजक सन्दिप वि क ले गर्नु भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर श्री उमा थापा मगर ज्यू संग प्लेटफर्म गठन पुर्वको योजना बैठक अपाङ्गता पुर्नस्थापना प्लेटफर्म गठन बैठकमा उपमेयर श्री उमा थापा मगर ज्यूले सम्बोधन गर्दै

परियोजना संयोजक ,श्री सन्दिप वि क ले गोलरिया नगरपालिकामा अपाङ्गता पुर्नस्थापना प्लेटफर्मको बारेमा प्रस्तुतिकरण गर्दै प्यूठान नगरपालिकामा अपाङ्गता पुर्नस्थापना प्लेटफर्म गठन गरिएको छ।

परियोजना अधिकृत ,श्री श्रृजना पन्थी ले प्यूठान नगरपालिकामा अपाङ्गता पुर्नस्थापना प्लेटफर्मको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal