शनिबार, साउन १२, २०८१

प्युठानको मुखपत्र प्युठानी कोशेली र सुमनको बिमोचन एक कार्यक्रमका बिच सम्पन्न

साहित्य परिषद प्युठान, राप्ती साहित्य परिषद जिल्ला शाखा प्युठान,प्रगतिशील लेखक संघ प्युठान र बिश्व नेपाली साहित्य प्रतिस्ठान जिल्ला शाखा प्युठानको आयोजनामा आज जनता माध्यमिक विद्यालय बाग्दुलामा ११३ औं लक्ष्मी जयन्तीको अवसरमा साहित्य परिषद प्युठानको मुखपत्र सुमन र राप्ती साहित्य परिषद जिल्ला शाखा प्युठानको मुखपत्र प्युठानी कोशेलीको बिमोचन एक कार्यक्रमका बिच सम्पन्न भएको छ । साहित्य परिषद प्युठानका अध्यक्ष गेहराज थापाको सभापतित्व,प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतीको प्रमुख आतिथ्यता रहेकोे उक्त समारोहमा सल्लाहकार देबेन्द्रकुमार रिजाल , बिमला खनाल, ध्रुव गिरी , लक्ष्मी मगर , बि पि सेडाइ , रामप्रसाद पोख्रेल लगायतले कविता वाचन गर्नुभएको थियो भने माधब पोख्रेलले व्यंग्य निबन्ध सुनाउनुभयो । उक्त कार्यक्रमको सन्चालन परिषद सचिब नवराज आचार्यले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal