शुक्रबार, बैशाख ७, २०८१

पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाल्पा
मिति २०७८ मंसीर ०४ र ०५ गते
अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २ दिने अभिमुखिकरण लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको तानसेनमा सम्पन्न भएको छ।
पुनर्स्थापना सेवा एकीकृत गर्न क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य तथा पुर्नस्थापनाको बारेमा साझा धारणा निर्माण गर्ने उदेश्यका साथ पाल्पा,गुल्मी र अर्घाखाँचीका १२ वटा सदस्य संस्थाहरुबाट ०९ महिला र १२ पुरुष गरी जम्मा २१ जना(अपाङ्गता प्रकार अनुसार शारिरिक ८ जना, दृश्टी सम्बन्धी ७ जना, , अभिभावक ६ जना) को सहभागितामा अभिमुखिकरण कार्यक्रम भएको छ ।
अभिमुखिकरण कार्यक्रम यु.एस.एड/ एच आईको आर्थिक सहयोगमा सञ्चालन भएको परियोजना अधिकृत श्रृजना पन्थीले बताईन्।
अभिमुखिकरणमा स्वास्थ्य र पुर्नस्थापना सेवाको परिचय, अवधारणा, अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुनर्स्थापना संग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु, प्रदेश तथा स्थानिय तहमा पुनर्स्थापना सेवामा पहुँचलाई प्रोत्साहित गर्न वकालतको आवश्यकता, बजेट योजना प्रकृया र यसका चरणहरु, बजेट विनियोजन तथा पुनर्स्थापना सेवामा पँहुच वृद्धि गर्नका लागि स्थानीय सरकार, स्थानीय पुनर्स्थापना सेवा प्रदायकहरूसंगको समन्वय र स्थानिय तहमा स्वास्थ्य र पुर्नस्थापना सेवा प्रवर्धन गर्न सदस्य संस्थाको भुमिका आदि विषयहरुमा छलफल गरि कार्ययोजना तयार गरिएको छ ।
सहभागिहरुको सक्रिय सहभागितामा कार्यक्रम भएको थियो। सहभागीको तर्फबाट बौद्धिक अभिभावक संघ गुल्मीका रघुनाथ मरासिनी ज्यू र सृजनसिल अपाङ्ग सरोकार केन्द्रका फर्सुराम पाण्डे ज्यू ले पुर्नस्थापना सवालमा स्थानिय तहमा आफुहरु अब कार्ययोजनानै बनाएर स्थानिय सरकार संग पैरवी गर्न तयार भएको कुरा व्यक्त गरेका थिए।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय सदस्य श्री सन्तोष पन्थको प्रमुख आतिथ्यता,प्रदेश सदस्य दामोदर बि.सी को स्वागत मन्तब्य साथै राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री देवीदत्त आचार्यको अध्यक्षतामा ‍औपचारिक रुपमा उद्घाटन भई प्रदेश परियोजना अधिकृत श्रृजना पन्थी, अध्यक्ष श्री देवीदत्त आचार्य, प्रदेश सचिव हुमनाथ अधिकारी र संघिय सदस्य श्री सन्तोष पन्थको को सहजिकरणमा २ दिने अभिमुखिकरण भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्री देवीदत्त आचार्यले स्वास्थ्य तथा पुर्नस्थापना सेवामा अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच पुर्याउन स्थानिय तहसंग सबै मिलेर समन्वय गर्नु पर्ने र स्थानिय सदस्य संस्थाहरुको यसमा अग्रणी भुमिकाको अपेक्षा सहित सहभागीहरुलाई धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?