आइतवार, असार ३, २०८१

विवादका कारण नेपाली कांग्रेस गुल्मीको मतदान रोकियो

 

शंकर प्रसाद पोख्रेल

नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि आज भएको मतदान रोकिएको छ। हिजो सुरु भएको अधिवेशनमा जिल्ला सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगरले उम्मेद्बारी दिएकाथिए।

जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् । मुसिकोट नगरपालिकको स्थानीय तहको मतदान चलिरहेका बेला केही मतपत्रमा संकेत गरेको भेटिएको भन्दै विवाद भएपछि मतदान रोकिएको हो।

रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न उम्मेदवारसहित बस्ने गुल्मी कांग्रेसले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?