शनिबार, साउन १२, २०८१

ए साथी म त्याहीं ऑउने छु

प्रेम गायक
साथिले साथ दिएकै हो
साथिले ऑट दिएकै हो।
अप्ठेरोमा पर्दा खेरी
साथिले हात दिएकै हो।

साथिले जेल खाएकै हो
साथिले नेल भिरेकै हो।
खाली खुट्टा लुकि लुकी
गाउं वस्तिमा फिरेकै हो।

कि मुक्ति कि मृत्यु
भन्ने कसम खाएकै हो।
गरिव निमुखाको लागी
दिगो ज्यान दिएकै हो।

पंचायती कालरात्रिमा पनि
उ रोकिएको हैन।
कथित जनयुद्धको आक्रमणले पनि
उ दव्विएको हैन।

तर त्यस्तो साथि आज
खोई किन हो टाढिएको छ।
जथाभावी र तथानाम
आरोप लाउंदै भांडिएको छ।

अन्तिम सम्म साथ दिन त
सकेन साथिले।
कति ठक्कर पाउनि हो
आफ्नै बुद्धि मतिले।

भित्तो सॅग ठोकिए पछी
थाहा पाउॅछकि।
धोका चक्कर पाएपछी
बुद्धि ऑउछकि।

भन्ने छ एक दिन साथिले
ए साथि म त्याहीं ऑउनेछु।
साथि फर्कि आयो भने
म पनि रमाउने छु।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal