शनिबार, साउन १२, २०८१

झिम्रुक बचत तथा ऋण सहकारी सस्था लि.झिम्रुक ५ मच्छी प्युठान को अधिबेशन सम्पन्न

 

प्युठान झिमरुक मच्छी बजार
“दिगो आर्थिक बिकासका लागि सहकारी ” भन्ने मुल नारा र मर्म बोकेको झिम्रुक बचत तथा ऋण सहकारी सस्था लिमिटेड झिम्रुक -५ मच्छी प्युठानले आफ्नो दोस्रो अधिबेशन तथा चौथो साधारण सभा आज मंसिर ११ गते सनिवारको दिन मच्छीमा सम्पन्न गरेको छ ।विभिन्न अतिथिहरु र आफ्ना शेयर सदस्यहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम सस्थाका सचिब पितम खड्काको संचालन र सस्थाका अध्यक्ष नारायण जि सि को अध्यक्षता र सदस्य भरत ढकालको स्वागत मन्तब्यका साथ सम्पन्न भएको थियो।साथै कार्यक्रमको प्रमुख अतिथी झिम्रुक गा पा को उपाध्यक्ष पबित्रा जि सि र बिशेश अतिथी लुम्बिनी प्रदेश सहकारी संघ का सदस्य जिबलाल न्यौपाने रहनुभएको थियो ।कार्यक्रममा सचिब पितम खड्काले साङ्गठनिक प्रतिबेदन र कोषाध्यक्ष सरिता जि सि ले आर्थिक प्रतिदिन प्रस्तुत गर्नुभयो।
साथै उक्त साधारण सभाले एक नयाँ कार्यसमिती र विभिन्न उपसमितिहरु चयन गरेको छ जुन निम्नानुसार रहेका छन।
१) नयाँ कार्यसमिती –
नारायण बहादुर जि सि – अध्यक्ष
पितम खड्का -सचिब
उदय बि क -उपाध्यक्ष
सरिता जि सि -कोषाध्यक्ष
भरत ढकाल -सदस्य
तारा जि सि -सदस्य
कमला भट्टराई – सदस्य
२) विभिन्न उपसमितिहरु यश प्रकार रहेकाछ्स्न
१)ऋण समिती –
ऐन्द्र बि क -संयोजक
भुपेन्द्र प्रसाद पोख्रेल- सदस्य
बिन्दा कुमारी ढुङ्गाना -सदस्य
२)लेखा समिति –
दिनेश एम सि- संयोजक
प्रकाश रिजाल -सदस्य
शकमल पुरी -सदस्य
३)शिक्षा समिती –
सुवाश जि सि -संयोजक
चक्र बहादुर सुनार- सदस्य
लक्ष्मी पोख्रेल- सदस्य
४)अनुगमन समिती –
लिमान सिंह जि सि- संयोजक
बिनोद कुमार बि क -सदस्य
शभवानी सुनार -सदस्य
५) सल्लाहकार समिती –
श्री पितृभक्त रिजाल- संयोजक
दधिराम पोख्रेल -सदस्य
घन प्रसाद श्रेष्ठ- सदस्य
कमला जि सि- सदस्य
कमला रोका- सदस्य
साथै प्रत्यक सदस्यहरुको कार्यकाल सस्थाको बिधान अनुसार ४/४ बर्षको हुने पनि उक्त साधारण सभाले निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal