शनिबार, साउन १२, २०८१

गुल्मी कांग्रेस सभापतिमा खिलध्वज पंथी बिजयी

 

नेपाली कांग्रेस गुल्मीको सभापतिमा भारी मत लिएर खिलध्वज पन्थी निर्वाचित भएका छन् ।आफ्ना प्रतिद्वन्द्वी बेद बहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ६ सय ९३ मत मध्य पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गरेका छन् भने सभापतीका अर्का उम्मेदवार थापाको पक्षमा भने जम्मा ३ सय ८४ मत परेको थियो ।

महाधिबेशनका लागि १ हजार ७ सय ६६ जना महाधिवेशन प्रतिनिधी रहेकामा शनिबार र आईतवार भएको मतदानमा कुल १ हजार ६ सय ९३ मत खसेको थियो । राम चन्द्र पौडेल पक्षका पन्थी र देउवा पक्षका थापाले जिल्ला सभापतिकाका लागि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै २ जना उपसभापतिको लागि भएको निर्वाचनमा अनन्तराम पाैडेल र शिव बहादुर खत्री निर्वाचित भएका छन् । उनिहरुले क्रमश १ हजार १ सय ८७ र १ हजार ३३ मत प्राप्त गरेका थिए । उपसभापतीका अर्का उम्मेदवार झविन्द्र विश्वकर्माले भने ५ सय ८ मत मात्र प्राप्त गरे । उता २ जना नै सचिव पदको लागि भएको निर्वाचनमा भगतसिंह खड्का र जगदीश भट्टराई निर्वाचित भएका छन् ।
खड्काले १ हजार २२ मत प्राप्त गरे भने भट्टराईले ९ सय ९१ मत प्राप्त गरेका थिए । छवि पाण्डे र धर्मराज पाण्डे सह-सचिबमा निर्वाचित भएका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद पाेखरेल, धिरेन्द्र केसी, पदम बहादुर बिष्ट, ‌लिलाधर आचार्य र लाेकप्रसाद खरेल निर्वाचित भएका छन् ।यो समाचार गुल्मी न्युज डटकमको अन्लाईन पृष्ठमा छापिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal