शनिबार, साउन १२, २०८१

अखिल (छैठौं) को बागमती प्रदेश समितिको अध्यक्षमा: बिवेक जिसि

अखिल (छैठौं) बागमती प्रदेशको भेला सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको विशेष आतिथ्यता तथा केन्द्रीय कोषाध्यक्ष प्रतिभा आचार्यको विशिष्ट आतिथ्यतामा २०७८ मङ्सिर १८ गते राजमो केन्द्रीय कार्यालय कपनमा सो भेला सम्पन्न भएको हो ।

भेलामा अखिल (छैठौं) का पूर्व केन्द्रीय सल्लाहकार भीष्म जोशी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार रमेश पौडेल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य वैरागी जेठा, नेकपा (मसाल) बागमती प्रदेश ब्युरोका प्रवक्ता समीर सिंह र राजमो काठमाडौँमा सचिव छवि खनालले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा अखिल नेपाल कानुन व्यवसायी सङ्घका राजेन्द्र पुडासैनी, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सचिव प्रकाश थापामगरलगायतको आतिथ्यता रहेको थियो ।

भेलाको अध्यक्षता अखिल (छैठौं) का केन्द्रीय सदस्य पुरन पोखरेलले, सञ्चालन केन्द्रीय सदस्य विवेक जिसीले र स्वागत काठमाडौँ जिल्लाध्यक्ष सूर्य पौडेलले गर्नुभएको थियो ।

भेलाले विवेक जिसीको अध्यक्षतामा दुई रिक्त सहित १५ सदस्यीय अखिल (छैठौं) को बागमती प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमल आचार्य सचिवमा सूर्य पौडेल र कोषाध्यक्षमा सुमन पौडेल रहनुभएको छ । त्यसैगरी सदस्यमा पुरन पोख्रेल, नवराज पाण्डे, दीपक गिरी, ध्रुव बस्याल, पवित्रा आचार्य, चरण जिसी, सिर्जना सुवेदी, कृष्ण वाग्ले र विमल पाण्डे रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal