शनिबार, साउन १२, २०८१

कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा पौडेल पक्षका अमरसिंह पुन निर्वाचित

 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए।

पुनले ८५२ मत पाएका छन्। शाहले ७६७ मत पाएका छन्।

अमरसिंह वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।

सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। प्रतिनिधि सभा सांसदसमेत रहेका शाह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन्।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित भए। खनाल देउवा पक्षका हुन्।

महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित भएका छन्।

लुम्बिनीमा एक हजार ६ सय ४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal