शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा झिमरुक १को जनबर्गिय संगठहरुको संयुक्त भेला सम्पन्न

शंकर प्रसाद पोख्रेल

राष्ट्रिय जनमोर्चा केन्द्रिय प्रतिनिधि बासुदेब पोख्रेलको प्रमुख अथित्यता राजमो लुम्बिनी सदस्य तथा झिमरुक गाउंपालिकाका पालिका अध्यक्ष तिकल जिसिको विशेष उपस्तिथि र , राजमो झिमरुक एकका दिपक जिसिको अध्यक्षता ,चोप बहादुर बिकको संचालनर बिजय बिक्रम जिसिको स्वागत मन्तब्य बाट सुरु भएको संयुक्त भेलामा कार्यक्रममा जातिय समता समाजका जिल्ला सदस्य मीन बहादुर बिक, महिला नेत्री तथा झिमरुक कार्यपालिका सदस्य बिस्नु बिक युबक संघ ओडा अध्यक्ष प्रकाश राना जनजाति झिमरुक अध्यक्ष प्रतिमान पुन, जनजाती झिमरुक एक अध्यक्ष अमर बहादुर पुनको पनि आथित्य रहेको थियो।

भेलामा प्रमुख अथिती बासुदेब पोख्रेललले राजनीतिक तथा सैद्धान्तिक प्रशिक्षण दिदै ओलिले हिन्दु राज्य र राजतन्त्र बिताउन भारत र राजाबदिहरु शीत मिलेकोले आगमी निर्वाचन नेकपा एमालेलाइ सबै निर्वाचन क्षेत्र बाट परास्त गर्नुपर्ने कुरामा जोड दिए।

त्यसैगरी झिमरुक एक पोखराछेंडा टोल समिती गठन भएको छ।जस्को अध्यक्ष मीन बहादुर बिक ,उपाध्यक्ष कमला जिसि,सचिब जंग बहादुर बिक ,स सचिब किर्तिका बिक ,कोसाधक्ष्य मन्जु सुनार,सहितको १३ सदस्य समिती गठन गरिएको छ।जस्मा चोप बहादुर बिकको उपस्तिथि रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal