शनिबार, साउन १२, २०८१

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट भिटियो

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले  दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये एकजना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का ७१ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको  र उनीहरु दुवै अफ्रिकाबाट आएका हुन्  ।  उनीहरु दुवैको  स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले तीव्र रुपमा काम अघि बढाइरहेको सह-प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार  सरकारले यसको लागि जनस्वास्थ्यमा ध्यान दिएर प्नरवेश नाकामा एन्टीजेन परीक्षण, शंकास्पद बिरामीको जीन स्विकेन्सिंग, आवतजावतको लागि कोभिड खोप कार्डको विवरण लिने कार्य भैरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसको जोखिमबाट बच्न सबैले स्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ । हालसम्म विश्वमा ५ सय ७४ जनामा ओमिक्रोनको पुष्टि भैसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal