शनिबार, साउन १२, २०८१

अखिल छैठौं अर्घाखाँचीको ” बिधालय देखि विश्वबिधालय सम्म ” अभियान तिब्र

 

रिसव आचार्य सन्धिखर्क अखिल छैठौं अर्घाखाँचीले “विधालय देखि विस्वबिधालय सम्म” अभियानलाई तिब्र पारेको छ ।

सोहि क्रममा जिल्लाको सन्धिखर्क न पा २ स्थित अर्घाखाँची आवसिय उच्च मावि मा मुल ईकाइ कमिटि गठन गरेको छ ।जसको अध्यक्षमा सुमन पुरी , उपाध्यक्षमा सृजना खनाल , सचिवमा मदन घिमिरे , सहसचिवमा रन्जिता खनाल , कोषाध्यक्षमा सुदिप चुदालि लगायत १३ सदस्यीय मुल ईकाई कमिटी चयन गरेको छ ।
त्यसैगरी जिल्लाको भुमिकास्थान न पा ६ स्थित जनप्रीय मा वि खिल्जिमा पनि कमिटी गठन गरेको छ । जसको अध्यक्षमा आकृति भण्डारी , उपाध्यक्षमा गोबिन्द चुदालि , सचिवमा पुजा श्रेष्ठ , सहसचिवमा सुमन बन्जाडे ,कोषाध्यक्षमा विन्दु परियार सहित ८६ सदस्यीय ईकाई कमिटी गठन गरेको छ
कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य जिवन नेपाली ले शैक्षिक सुधारको निम्ति अखिल छैठौं सधैं बिद्यार्थी माझ रहेको र बिद्यार्थीका समस्या समाधानको निम्ति अग्र पंक्तिमा रहेको जनाउनु भएको छ
नेपालीले बिद्यार्थी माझ गईरहदा र अखिल छैठौंको नीति सिद्धान्त बिद्यार्थी माझ प्रस्तुत गर्दा गर्व महसुस भएको जनाउनु भएको छ । हरेक बिद्यालयमा बिद्यार्थीहरु अखिल छैठौंको सिद्धान्त , योजना बाट प्रेरित भएको समेत ठोकुवा गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रकाश चुदालि,कोषाध्यक्ष गिता थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन जिल्ला सचिव लक्ष्मि बन्जाडेले गर्नुभएको थियो ।
हालसम्म ” विधालय देखि विश्वविद्यालय सम्म” अभियान सुरु भएदेखि जिल्ला का ७ विद्धालयहरुमा कमिटी निर्माण गरिसकेको जिल्ला अध्यक्ष नेपाली ले बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal