बिहिबार, चैत्र १५, २०८०

एमसिसी विरुद्ध राष्ट्रिय जनमोर्चाले सैनामैनमा पर्दशन गर्यो

बुटवल मंसिर २१ गते।
राष्ट्रिय जनमाेर्चा सैनामैना नगर समितिको आयाेजनामा मुर्गिया चाैंकमा काेणसभा सम्पन्न भएको छ। सभापूर्व स्थानीय पर्राेहा सामुदायिक वन कार्यलयबाट निस्केको जुलुस एमसिसि बिराेध गराै,संघीयता खारेज गर,बढ्दाे महंगी नियन्त्रण गर,भारतीय तथा अमेरिकी साम्राज्यवाद मुर्दावाद,गणतन्त्र तथा धर्मनिरपेक्षताकाे रक्षा गराैं,राष्ट्रियताकाे रक्षा गराैं,राष्ट्रिय जनमाेर्चा जिन्दावाद अादी नारा लगाउदै जुलुस मुर्गिया चाैंकमा पुगेर काेणसभामा परिणतल भएको थियोे । काेणसभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष का०चित्र बहादुर केसीले एकता,अखण्डता,स्वाधीनता रक्षाकाे लागि अमेरिकी कम्प्याक्ट MCC कुनैपनि हालतमा संसदबाट पास गर्न नहुने बताउदै सबै देशभक्त नागरिकहरूलाई MCC बिरूद्वकाे अान्दोलन मा सहभागी हुन अाव्हान गर्नुभयाे।संघीय संसदका दुबै सदनकाे यहि मंसि२८ गते बाेलाउनु र MCC कम्याक्टले पनि मंसिर २८ मा पास गर्न अन्तिम म्याद दिनु कुनै संयाेग नभएर याेजनाबद्द रूपमा अमेरिकी दलाली भएको बताउदै सबैलाई देश बचाउने अान्दोलन मा सहभागी हुन अनुराेध गर्नुभयो ।अध्यक्ष केसीले संघीयताका दूष्परिणाम,विश्व बैंककाेऋण तथा रेमिटान्समा अाधारित टाट पल्टेको देशकाे अर्थब्यबस्था लगायत विषयमा पनि विस्तारमा बाेल्नुभएकाे थियोे ।
कार्यक्रममा राजमाे केन्द्रीय सल्लाहकार तथा रूपन्देही अध्यक्ष का०बद्रे आलमले पनिक कार्यक्रमलाई सम्बाेधन गर्नुभएको थियोे ।
संचालन जिल्ला सचिव टान बहादुर केसीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal