शनिबार, साउन १२, २०८१

राष्ट्रिय शभा निर्वाचन कस्ले जित्दै छ।

त्यहाँ पनि अन्य साना दलले गठबन्धनलाई साथ दिए एमाले कमजोर बन्ने देखिन्छ । कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरिसकेका छन् ।राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । जसमा एमालेका आठ, माओवादीका चार , चार , कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । सक्तागठबन्धन एकैठाउँ हुँदा एमालेले कम्तीमा पाँच सिट गुमाउने सम्भावना छ ।

रिक्त हुन गइरहेका एक मनोनीतबाहेक १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गनुपर्ने व्यवस्था छ । सोहीअनुसार १२ माघका लागि निर्वाचनको मिति तोकिइसकेको छ। राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार भने १८ हुन्छ ।

नयाँ पत्रिका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal