शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चाकाे बिशेष संगठनात्मक अभियान तिब्र

तिलक थापा

जैमिनी नगरपालिका वडा न.-१० राङ्खानिमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २२ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले प्रशिक्षण मन्तव्यकाे क्रममा एमाले लगायतका ठुला राजनैतिक पार्टीले जनता माथि पटक पटक धाेका र बिश्वासघात गरेका कारण उनीहरुका गलत नीति तथा क्रियाकलाप प्रति थप सजक हुँदै जनतालाई सचेत र संगठित पार्न संगठनात्मक अभियान लिएर जनताको घर घरमा जान कार्यकर्तालाई आग्रह गर्नु भयो। साथै उहाँले नेकपा फुटेर देशमा अराजकता बढेकोले अहिलेसम्मका आन्दोलनका उपलब्धि गुम्नेमा चिन्ता व्यक्त गर्नु भयो। कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा रा.ज.माे. केन्द्रीय सदस्य दिल बहादुर दर्जी, रा.ज.माे. जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचीव संजाल शर्मा, अखिल नेपाल जनजाती सम्मेलन जिल्ला अध्यक्ष लाल बहादुर पुन, अखिल नेपाल युवक संघका जिल्ला सदस्य श्रीप्रसाद थापा, युवक संघका जैमिनी नगर अध्यक्ष यम पुन, राजमो जैमिनी नगर कोषाध्यक्ष शान्तकला शर्मा लगाएको आतिथ्यता रहेको थियो। जैमिनी-१० का राजमो अध्यक्ष टिकाराम आचार्य अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत जैमिनी नगरपालिका वडा न. १० का अध्यक्ष नर बहादुर पुनले स्वागत गरेको कार्यक्रमको संचालन दान बहादुर थापाले गर्नु भएको थियो ।

यसै गरि बा.न.पा. वडा नं. १० भकुण्डे र वडा नं. १२ काे काउलेमा जनभेटघाट तथा प्रशिक्षण सम्पन्न भएकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी रहनु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal