सोमवार, बैशाख १०, २०८१

राष्ट्रिय जनमोर्चाको पक्षमा हामि शतिसाला जस्तै उभिएकाछौं झुठो समाचारको भ्रममा नपर्नुहोला :थापा र अमर सिंह राना

 

शंकर प्रसाद पोख्रेल प्युठान

प्युठानबाट प्रकाशित हुने हाम्रो एकता साप्ताहिकमा मंसीर १२ गतेको झुठो समाचार प्रती हाम्रो गंभिर ध्यानाकर्षण भएको भन्दै

राष्ट्रिय जनमोर्चा प्यूठानका जिल्ला समिति सदस्य, तथा
राजमो गौमुखी गाउँपालिका समितिक उपाध्यक्ष, राजमो गौमुखी-१ का वार्ड समिति अध्यक्ष सिताराम थापा र

जातिय समता समाज गौमुखी गाउँपालिका समिति अध्यक्ष तथा राजमो गौमुखी गाउँपालिका २वार्ड समिति अध्यक्ष अमर सिंह बिटालुले

आफूहरु आफ्नो प्यारो र गौरवसाली पाटी चित्र बहदुर केसिले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा रहेको भन्दै राष्ट्रिय जनमोर्चाको बारेमा भ्रम पार्ने प्रयास भइरहेको भन्दै भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ । प्युठानबाट प्रकाशित एउटा पत्रिकामा खड्काको नेतृत्वमा मसालको बेग्लै समिति बनेको भन्ने समाचार प्रकाशित भएको र आफुहरुको नाम जोडिएको भन्दै उहाहरुले वक्तव्य निकालेर

हामी र हाम्रो पार्टीविरुद्ध भ्रम फैलाउन प्युठानमा विभिन्न तत्वहरु सक्रिय भएका छन्। पत्रिकामा आएको हल्लाबाट भ्रमित नहुन हामी सबैसँग आग्रह गर्दछौं ’ ‘बेग्लै पार्टी बनाएको भनेर नाम जोडिएका अन्य साथीहरुले समेत खण्डन गरिसक्नुभएको छ । प्युठानमा राजमो एक ढिक्का छ ।’

उहाँहरुले विरोधी दल तथा पार्टीबाट निश्कासित व्यक्तिहरुले भ्रम फैलाएको बताउंदै त्यस्ता भ्रममा नपर्न आम कार्यकर्ता र समर्थकहरुलाइ हार्दिक अनुरोध समेत गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?