बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय जनमोर्चा, झिमरुक द्वारा एमसीसी सम्झौताको विरोधमा मच्छिमा पर्दशन

राष्ट्रिय जनमोर्चा, झिमरुक गाउँपालिकाले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ । आइतबार प्युठानको मच्छी वजारमा विरोध सभा सम्पन्न भएको हो।

विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एंम प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्काले एमसीसीको खारेजी अहिलेको प्रमुख आवस्यकता भएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो ‘यो अमेरिकी साम्राज्यवादको साम्राज्यवादी कार्यक्रम हो, यदि यसलाई खारेज नगर्ने हो भने देशको राष्ट्रिय अस्मितामाथी गम्भीर आँच पुग्छ र देश दुर्घटना तर्फ धकेलिन्छ ।’ नेता खड्काले सम्पुर्ण नेपाली जनतालाई सचेतता पूर्वक आन्दोलनमा सामेल हुन अपिल समेत गर्नु भयो ।

त्यस्तै, राजमोका लुम्बिनी प्रदेश सहसचिव एवं जिल्ला समन्वय प्युठानका प्रमुख केशवराज अधिकारी, अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवाश जिसि, राजमो झिमरुकका अध्यक्ष शिद्दिमान जिसि, झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसि लगाएतका नेताहरुले सभालाई सम्बोधन गर्नु भएको थियो ।

राजमोका कार्यक्रताहरुको जुलुसले मच्छी बजार परिक्रमण गरी कोणसभामा परिणत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal