शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको दमेकमा सम्पन्न

तिलक थापा बाग्लुङ

जैमिनी नगरपालिका वडा न.-३ दमेकमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २८ गते सर्कुवामा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले जनताको आन्दोलनबाट ल्याएको बहुदलिय ब्यवस्था हत्या गर्ने काम गिरिजा र काङ्ग्रेसले गर्यो भने गणतन्त्र र संविधानको हत्या गर्ने काम केपि वलि र नेकपाले गरेकोले पछिल्लो समय राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै अहिलेसम्मका आन्दोलनका उपलब्धि गुम्न नदिन जनताहरुको विचमा प्रशिक्षण अभियान लिएर आएको बताउनु भयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, युवक संघका प्रदेश सचीव संजाल शर्मा, राष्ट्रिय जनमोर्चाको नगर सदस्य सुर्य पुन लगायतले प्रशिक्षण मन्तव्य दिनुभएको थियो।
त्यसैगरि अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन,अखिल नेपाल युवक संघका नगर सदस्य मोहन पुन लगायतको आतिथ्यता रहेको थियो।

राजमो वडा समितिको अध्यक्ष थमन्न श्रीसको अध्यक्षतामा सुरु अगाडी बढेको कार्यक्रमको स्वागत दुर्गा बहादुर पुनले गर्नु भएको थियो भने संचालन खिम बहादुर परियारले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal