शनिबार, साउन १२, २०८१

गाैमुखीकाे खुङमा राष्ट्रिय जनमोर्चाकाे राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नारायण जिसि
प्यूठान मंसिर २९ गते
राष्ट्रिय जनमाेर्चाकाे वार्ड वार्ड सम्म चलेको प्रशिक्षण अभियान अन्तर्गत गाैमुखी गाउँ पालिका वार्ड नं ५ खुङ मा कार्यकर्ता स्तरीय प्रशिक्षण सम्पन्न भएको छ। देशको तात्कालिनअवस्था,एमसिसी,संघियता,संगठन,र विकास-निकास सम्बन्धि अतिथिहरूले प्रशिक्षण दिनुभएको थियोे ।राजमाे का केन्द्रीय प्रतिनिधि बासुदेव पाेख्रेलकाे प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि लुम्बिनी प्रदेश सांसद मा०तारा जिसी हुनुहुन्थ्यो ।नेकपा(मसाल)का प्यूठान प्रबक्ता का०ज्ञामुराम न्याैपाने र राजमाे केन्द्रीय सदस्य नारायण जिसीले पनि विविध विषयमा प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियोे ।
अखिल नेपाल युवक संघ का केन्द्रीय सदस्य तथा प्यूठानका सचिव स्थानीय नेता बरूणध्वज मल्ल ले संचालन गर्नुभएको कार्यक्रमकाे अध्यक्षता राजमाे खुङका अध्यक्ष कर्ण बहादुर कुवरले र स्वागत अनेमसंघ कि वार्ड अध्यक्ष कल्पना कुवरले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal