शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा वडा प्रशिक्षण कार्यक्रम तंग्राममा सम्पन्न

तिलक थापा बाग्लुङ

काठेखाेला गाउँपालिका वडा न.-४, तंग्राममा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ पाैष ३ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिपद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय सदस्य तिलक थापाले प्रशिक्षणकाे क्रममा ठुला राजनैतिक पार्टीहरुले बेला बेलामा राष्ट्रिय स्वाधीनता मुद्दा उठाए पनि पटक पटक धाेका दिएकाे ईतिहास स्मरण गराउदै राष्ट्रहित बिपरितकाे MCC परियोजना पारित हुन नदिन अान्दोलनमा हाेमिनु पर्ने बताउनु भयाे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्षमण पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम पुन, जातीय समतन समाज बागलुङका सचिव तथा काठेखाेला गाउँ कार्यपालिका सदस्य टिका संगम बि.क. लगायतले प्रशिक्षण मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, रा.ज.माे. तंग्राम ६ नं टाेल समितिका अध्यक्ष कुल प्रशाद छन्त्याल, ७ का अध्यक्ष टेक बहादुर पुन लगायतको आतिथ्यता रहेको थियो।

राजमो वडा समितिको अध्यक्ष बिष्णु कडेलको अध्यक्षतामा सुरु अगाडी बढेको कार्यक्रमको स्वागत थिर बहादुर रानाले गर्नु भएको थियो भने संचालन किष्ण बि.क.ले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal