शनिबार, साउन १२, २०८१

प्युठानको नारिकोटमा राष्ट्रिय जनमोर्चाको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल

प्युठान ,राष्ट्रिय जनमोर्चाको एकदिने राजनीतिक प्रशिक्षण प्युठानको गौमिखी गाउंपालिका वडा नं ७ नारिकोटमा सम्पन्न भएको छ।


नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहको प्रमुख आथित्या रहेको कार्यक्रमा राजमो गौमुखी ७का उपाध्यक्ष हुकुम बहादुर थापको अध्यक्षता,अखिल नेपाल युबक संघ गौमुखिका अध्यक्ष वीर बहदुर केसिको संचालन तथा गौमुखि ७ नारिकोटका जनप्रतिनिधि ,ज्ञान बहादुर कुंवरको स्वागत मन्तव्य बाट अगाडि बढेको थियो

प्रशिक्षण कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह,झिमरुक गाउंपालिकाका अध्यक्ष तथा राजमो प्रदेस नेता तिलक जिसि, नेकपा मसाल प्युठानका प्रबक्ता ज्ञामुराम न्यौपानेले राष्ट्रिय जनमोर्चा प्युठान गौमुखी ७नारिकोटमा उपस्थिति कार्यकर्ताहरुलाइ राजनीतिक प्रशिक्षण दिनुभएको थियो।

उक्त प्रशिक्षण कार्यक्रममा ,राजमो स्थानीय नेताहरु गोबिन्द पुरी, पुर्व जनप्रतिनिधि लेख बहादुर जिसि अखिल नेपाल माहिला संघकी ,मधु जिसि राजमो झिमरुक गाउंपालिकाका अध्यक्ष ,सिद्दिमान जिसि,युबक संघ प्युठानका सचीव बरुन धोज मल्ल अखिल नेपाल महिला संघ नारिकोटककी अध्यक्ष सीता थापा लगायतको उपस्तिथि रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal