शनिबार, साउन १२, २०८१

धारा मा.वि.को ४३ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

तिलक थापा बागलुङ
श्री धारा माध्यमिक विद्यालयको ४३ औं स्थापना दिवस बिबिध प्रतियोगितात्मक कार्यक्रम गरि एक भब्य समारोहका बिच आज सम्पन्न भयो । विद्यालयका सल्लाहकार एवम आर्थिक समितिका संयोजक श्री थिर बहादुर राना ज्यूको अध्यक्षता र पुर्व अध्यक्ष एवम सल्लाहकार तिलक थापा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक भिम बहादुर बि.क.ले स्वागत र प्रधानाध्यापक कमला थापा ले कार्यक्रमको औचित्यता माथी प्रकाश पार्नु भएको थियो । शिक्षक कर्ण बहादुर पुन र तसलिमा पुनले संयुक्त रुपमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा श्री मुक्तिनाथ आधारभुत विद्यालयका प्र.अ.भैरब बहादुर थापा, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टिका संगम बि.क.र प्रमुख अतिथि तिलक थापाले शुभकामना मन्तब्य राख्नुभएको थियो । विद्यालयले पहिलो पटक आयोजना गरिएको ४३ औं स्थापना दिवशको उपलक्ष्यमा बक्तृत्वकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, बेलुन डान्स र बेलुन फुटाउ प्रतियोगिता आयोजना गरिएको थियो । २१ औं शताब्दीको ‘प्रतिस्पर्धा र गुणस्तरीय शिक्षामा प्रविधिको प्रयोग’ बिषयमा कक्षा ११ र १२ का बिद्यार्थीहरुको बिचमा गरिएको बक्तृत्वकला प्रतियोगितामा बिषयक बक्तृत्वकला प्रतियोगितामा प्रथम सर्मिला परियार, द्धितिय इच्छा थापा र तृतिय पुर्णीमा पुन बिजयी हुनुभएको थियो । त्यसैगरि ‘राष्ट्र निर्माणमा युवा विद्यार्थीको भुमिका’ बिषयमा कक्षा ९ र १० को बिद्यार्थी बिच भएको प्रतियोगितामा प्रथम ज्योति पुन, द्धितिय जिस्मिता पुन र तृतिय इच्छा बि.क. बिजयी भएका छन । ‘फैलदो कोरोना भाइरस र जोगीने हाम्रो प्रयास’ बिषयमा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरुको बिचमा गरिएको बक्तृत्वकला प्रतियोगितामा प्रथम ज्ञानु कँडेल, द्धितिय सञ्चिता कँडेल र तृतिय दिपा थापा र आशिका थापा बिजय भएका छन । कक्षा ४ र ५ का बिद्यार्थीहरुलाई लक्षित गरि हस्तलेखन प्रतियोगितामा प्रथम गंगा थापा र द्धितिय मनोज बोहोरा बिजयी भएका छन । त्यसैगरि कक्षा २ र ३ का बिद्यार्थीहरुको बिचमा गरिएको बेलुन डान्स प्रतियोगितामा प्रथम भुपेन्द्र पुन र दिप्लक थापा, द्धितिय बिनिता किसान र सुमिना किसान र तृतिय आदित्य थापा र सुर्दशन थापा बिजय भएका छन । त्यस्तै कक्षा १ का बिद्यार्थीहरु सम्मिलित बेलुन फुटाई प्रतियोगितामा प्रथम सुप्रिया थापा, द्धितिय रक्षा पुन र तृतिय आँचल थापा बिजयी भएका छन । त्यसैगरि नर्शरीका बिद्यार्थीहरु बिच भएको बेलुन फुटाई प्र
तियोगितामा प्रथम आकृति किसान, द्धितिय सुहानी किसान र तृतिय रिवाज थापा बिजयी भएका छन । सोही प्रतियोगिताको प्ले ग्रुफ तर्फ प्रथम स्वप्नीम पुन, द्धितिय दिप्लक थापा र तृतिय सुप्रिया किसान बिजयी भएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal