शनिबार, साउन १२, २०८१

धारा मा.बि. तंग्रामकाे अभिभावक भेला सम्पन्न

तिलक थापा बागलुङ

धारा माध्यमिक बिधालय काठेखाेला ४ तंग्राम बागलुङले मिति २०७८/०९/११ गते कक्षा ९, १० र १२ कक्षाका विद्यार्थीहरुको अभिभावक र शिक्षक बीचकाे एक भेला सम्पन्न गरेको छ । भेलामा वि.व्य.स अध्यक्ष अमर बहादुर थापाले मन्तव्यकाे क्रममा विद्यार्थीहरूको सिकाईमा असर पराउने हाम्रो कतिपय गलत संस्कार र मान्यताहरु रहेको छ । त्यसलाई हामी संस्कृतिको नाममा ठूलो संख्यामा रहेको अभिभावक ज्यूदेखि समाजका बौद्विक व्यक्तित्वहरुले पनि अपनाइ रहेका हुन्छौं । जसको कारण विद्यार्थीको सिकाईमा असर पारिरहेको हुन्छ । त्यो गलत मान्यताहरु हटाउने र सच्चाउने अभिभावकहरुको महत्त्वपूर्ण भूमिका हुन्छ र उनीहरुलाई सधै उत्प्रेरणाको प्रदान गर्नु अभिभावकको पहिलो दायित्व हो । यसले मात्र अभिभावक र विद्यार्थीको शैक्षिक वाताबरणमा सुधार ल्याउने बताउनु भयो । भेलामा कक्षा १२ देखि कक्षा शिक्षक सागर पौडेल, कक्षा ९ देखि कलि थापा र ,कक्षा १० देखि शिक्षक नर बहादुर पच्याले कक्षागत सिकाइ उपलब्धि र विद्यार्थीहरुको अवस्थाहरुको समग्र रिपोर्टिङ प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा प्र.अ कमला थापाले कार्यक्रमको बारे अौचित्य माथि प्रकाश पार्नु भएको थियो भने ,आर्थिक संयोजक थिर बहादुर राना ,वि.व्य.स सल्लाहकार विष्णु कँडेलले मन्तव्य दिनुभएको कार्यक्रमको अध्यक्षता वि.व्य.स अध्यक्ष अमर बहादुर थापा सञ्चालन शिक्षक नर बहादुर पच्या र स्वागत शिक्षक कलि थापाले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal