शनिबार, साउन १२, २०८१

अवसरबादिहरु कता तर खान पाइन्छ भनेर डुल्ने गर्छन: केसी


बुटवल पुस १२ गते ।
राष्ट्रिय जनमाेर्चाका अध्यक्ष क०चित्रबहादुर केसीले मसाल वा राजमाे छाडेर दर्जनौं व्यक्तिहरू अन्य पार्टीमा गएको समाजिक संचार माध्यमहरूमा गरिएको प्रचार भ्रामक र तथ्यहिन भएको बताउदै केही अनुशासन विहिन अवसरवादीहरू मात्रै “तर खान पाउँछौं कि”भनेर प्रपंच रचेको बताउनुभयो । राष्ट्रिय जनमाेर्चाले सधैंभरि देश र जनताकाे पक्षमा काम गरिरहेका तथ्यहरू प्रस्टाउँदै नेता केसीले हाम्रो पार्टीमा बसेर ब्यक्तिगत लाभ र फाइदा कसैले लिन पाउँदैनन् अवसरवादीहरू व्यक्तिगत फाइदा कै लागि पार्टीमा लागेका हुन्छन् र आफ्नाे त्याे स्वार्थ पूरा नभए पछि पार्टी छाेड्ने गरेकाे बताउनुभयो ।
राजमाे शियारी-सुद्दाेधन गाउपालीकाले फर्साटिकरमा आयाेजना गरेकोे काेणसभालाई सम्वाेधन गर्दै राजमाे अध्यक्ष क०केसीले संघियताकाे कारण देश असफल राष्ट्र तिर गएकाे बताउँदै संघियता लागू गर्दा संसदमा प्रतिनिधित्व गर्ने २५ पार्टी मध्ये एक्लै राजमाेले मात्रै विराेध गरेको भए पनि अहिले अन्य पार्टीहरूपनि त्यसमा सामेल भएको र ठूला पार्टीहरूकाे लागि पनि”घाटीमा अड्किएकाे हड्डी” समान भएकोले आम नेपाली जनता पनि संघियता खारेजीको अभियानमा सचेत भएकोमा खुसी व्यक्त गर्नुभयो ।
सिहदरवारमा मात्रै हुने संसदकाे माेलमाेलाई सातै प्रदेशमा सुरूभएकाे र रिसाएका र भाग्न खाेज्ने साँसदहरूलाई मन्त्रालय फुटाएरै भए पनि मन्त्री बनाउने रमिताले संघियता नेपाली जनताले धान्न नसक्ने सावित भैसकेको बताउनुभयो ।संघीयता सहितको प्रदेशकाे कुनै काम र अाैचित्य नभएको पुष्टि भैसकेको भन्दै नेता केसीले विदेशबाट रिण काढेर संघीयता धान्न नसकिने भएकोले यसकाे खारेजीको विकल्प नभएको बताउनुभयो ।
एमसिसीकाे चर्चा गर्दै अमेरिकाले नेपाली जनताले बाटाे नभएर दु:ख पाए,बिजुली बेच्न पाएनन् भनेर टिठले याे परियाेजना ल्याउन खाेजेकाे हैन भन्दै नेेता केसीले नेपाललाई वेस बनाएर चीनलाई तहस नहस पार्ने रणनीति अनुसार काम गरिरहेकाे बताउनुभयो ।चीनको अर्थव्यबस्थाले साम्राज्यवादी रूप धारण गरिसकेको बताउदै विश्व बजारमा चीनको दवदबा समाप्त पार्न सिधा सैनिक हस्तक्षेपबाट उसलाई तहसनहस काे अमेरिकी रणनीतिमा नेपाली भूमि प्रयाेग गरिनु देशको लागि अत्यन्त घातक हुने अाैल्याउनुभयाे।
पटकपटक समय सिमा बढाउदै एमसिसी जसरी पनि पास गर्ने अमेरिकी रणनीतिलाई असफल पार्न आम नेपाली जनता सडकमा आएर देशभक्तिपूर्ण आन्दाेलनमा सरिकहुन आव्हान गर्नुभयो ।विदेशीबाट रकम खाएर याे वा त्यो बाहाना एमसिसी पास गर्ने कार्य देशको सार्वभौमसत्ता,एकता र अखण्डताकाे बिरूद्द हुनेछ भन्दै संसाेधन गरेर पनि एमसिसी पास गर्न नमिल्ने नेता केसीले बताउनुभयो । देश बचाउन र निर्माण गर्न हाम्रा पुर्खाहरूले जेजति संघर्ष र वलिदान गरे त्यसकाे रक्षाकाे लागि सागुराे घेराबाट बाहिर निस्कन सबैलाई अनुरोध गर्नुभयो ।
विगत सरकारकाे प्रतिगमनकाे प्रयास अहिले पनि कायम रहेको बताउदै केसीले एकबर्षबाट प्रतिनिधि सभा चल्न नदिएर जनप्रतिनिधि संस्थालाई कामकाज विहिन बनाउने प्रयास गणतन्त्र विराेधी भएको भन्दै व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका समेतकाे हविगतले प्राप्त उपलब्धिहरू समेत धरापमा परेको बताउनुभयाे। प्रतिगमनलाई परास्त गर्न गठबन्धनले महत्त्वपूर्ण भूमिका खेलेकाे भए पनि एमसिसी लगायतका बिषयमा सरकारकाे भूमिका नकारात्मक रहेको बताउनुभयो । नेपाली जनताको दशकाै लामो संघर्ष बाट प्राप्त उपलब्धिहरूकाे रक्षा गर्न गत सरकारको प्रतिगमनकाे प्रयास असफल पार्न गठबन्धन बनाएको बताउँदै राजमाे अध्यक्ष केसीले याे सरकारका राष्ट्रघाती कार्यमा आफ्नाे पार्टी कदापि साक्षी नबस्ने बताउनुभयो ।
अखिल(छैटौं)का केन्द्रीय अध्यक्ष देवेन्द्र कुवरले संचालन गर्नुभएको काेण सभामा राजमाे केन्द्रीय सदस्य नारायण जिसीले पनि सम्वाेधन गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal