शनिबार, साउन १२, २०८१

गुल्मिमा राष्ट्रिय जनमोर्चाले गाउँ गाउंमा संगठन बिस्तारलाई दियो तीव्रता सत्यवती –२ मा भेला सम्पन्न

शंकर प्रसाद पोखरेल, गुल्मी ।
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–२ चेहेमीमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । भेलाले पूर्णबहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खुमा कुँवर, सचिव हुमन तरामु, सहसचिव खिमबहादुर कुँवर र कोषाध्यक्षमा ।चमेली कुँवर चयन हुनुभएको छ । सदस्यहरुमा गोपाल कुँवर, ज्योति कुँवर, चुरामणि सिंजाली, गिता पाण्डे, प्रमोद राहादी र अमर राना रहनुभएको छ । हाल ४ स्थान रिक्त राखिएको छ ।

यस्तै, सल्लाहकारमा मित्रलाल तरामु, रोमबहादुर कुँवर, पुनाराम कुँवर, ज्ञानबहादुर कुँवर र पिताम्वर कुँवर रहनुभएको छ ।

कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरले सम्बोधन गर्नुभएको थियो ।

यस्तै, राजमो सत्यवती गाउँपालिका समितिका अध्यक्ष मित्रलाल तरामुले सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा गरिखाने वर्ग र शोषित पीडित श्रमजीवीहरुको हमेसा हकहितको लागि लडिरहेको पार्टी भएको बताउनु भयो ।

कार्यक्रममा अखिल युवक संघ सत्यवती गाउँपाली सचिव थानेश्वर भण्डारी, राजमो सत्यवती–२ का पूर्वअध्यक्ष पुनाराम कुँवरले पनि मन्तव्य राख्नुभएको थियो ।

राजमो वडा समितिका अध्यक्ष रोम कुँवरको अध्यक्षता तथा पूर्णबहादुर कुँवरको सञ्चालनमा अघि बढेको भेलामा कमल पुलामीले स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal