शनिबार, साउन १२, २०८१

१२ जिल्लाका अपाङ्गता भएका ब्यक्ति नेपालगन्जमा

जुमान सिंह के सि, पौष १५, नेपालगन्ज ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका अपाङ्गता अभियानकर्ता हरुले अपाङ्गता भएका ब्यक्तिका अधिकार कार्यनयन नभएको भन्दै गुनसो गरेका छन।
अपाङ्गता भएका ब्यक्तिको अधिकार स्थापित गर्नमा लामो वकालत तथा आन्दोलन गर्नु परेको भन्दै ,केही उपलब्धि हासिल गर्न सकियो तर कार्यनयनको अवस्था नाजुक छ, कार्यान्वयनका लागि सबै एक जुट भएर खबरदारी गर्न पर्ने धारणा राखेका थिए ।
र्राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्मालाई केन्द्रिय स्तरबाट पहल गर्न अनुरोध समेत गरेका हुन।
संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका ब्यक्तिको हक अधिकार स्थापित गराउनको लागि सबै पक्ष संग सहकार्य र समन्वय गर्न पर्ने बताउनु भएको छ। प्रमुख अतिथिको आसन बाट बोल्दै उहाले रजनैतिक दलहरु नै निर्णय तहमा हुने भएकोले अवका अभियानमा राजनैतिक दल संघ पैरवी तथा वकालत गर्न जरुरी रहेको बताउनु भयो।
अपाङ्गता भएका ब्यक्तिको लागि नियमावली, नितिहरु बन्दै गरेको र महासंघको सक्रियतामा कुनै कमि नरहेको बताउनु भयो।
सबै प्रकारका अपाङ्गता भएका ब्यक्तिको विभिन्न सवालमा स्थानीय तह, प्रदेश र संघीय सरकारमा खबरदारी गर्न सबै अभियन्ताहरुलाई अनुरोध समेत गर्नु भएको थियो।
अपाङ्गता भएका ब्यक्तिका सवाल साझा बन्न नसक्दा अपाङ्गता भएका ब्यक्तिले विभिन्न समस्या भोग्नु परेको गुनसो बैठकमा उठेको थियो।

बिहीबारबार लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना समिति (सब क्लष्टर) जिल्ला सम्पर्क ब्यक्ति र महिला दौँतरी परामर्शदाताको संयुक्त बैठक नेपालगन्जमा भएको छ।
हो!हामी सक्छौं:अपाङ्गता भएका ब्यक्तिहरुको नेतृत्वमा अपाङ्गता समावेशी कोभिड-१९ प्रतिकार्य परियोजनाको दोस्रो चरण अन्तरगत लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जिल्ला सम्पर्क ब्यक्ति र प्रदेश स्तरीय अपाङ्गता समावेशी तथा पुनःस्थापना समितिका पदाधिकारी, महिला दौँतरी परामर्शदाताहरुको सहभागितामा बैठक सम्पन्न भएको छ।

बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कोभिडबाट प्रभावित अपाङ्गता भएका ब्यक्तिको तथ्यांक संकलन, उनिहरुको अवस्था अध्यन गर्ने ,भर्तुअल परामर्श गर्ने काम सम्पन्न गरिएको र अबका दिनमा अझ थप प्रभावकारी काम गर्नमा महासंघ र अपाङ्गता अधिकार कर्मिहरुले जोड दिन पर्ने लुम्बिनी प्रदेश कार्यक्रम अधिकृत गोमा पन्थीले बताउनु भयो।
बैठकमा हाल सम्म भए गरेका काम, अवस्था, सिकाई, उपलब्धि अबको बाटो लगाएत बिषयमा प्रस्तुतिकरण लुम्बिनी प्रदेश परियोजना संयोजक बिमला नेपालले गर्नु भएको थियो।

अपाङ्गता भएका ब्यक्तिको प्रत्येक जिल्लाबाट सरोकारवाला निकयको नक्शान्कन,अपाङ्गता समाबेसिकरण पुनर्स्थापना र पोस्ट कोभिड्को हेरविचार, संक्रमण रोक नियन्त्रण तथा जोखिम लेखाजोखा, पोस्ट कोभिड र दूर पुनर्स्थापना फारम संकलन गर्ने काम सम्पन्न गरेको बैठकमा जानकारी गराइएको छ।

अपाङ्गता भएका महिला, युवती, किशोरीहरुको सवालमा तथा उनिहरु सङ सम्बन्धित ब्यक्तिगत समस्यामा समेत महिला दौँतरी परामर्शबाट सेवा प्रदान गरिएको थियो।

संयुक्त बैठकमा अपाङ्गताका विभिन्न सवालमा छलफल भएको थियो साथै परियोजनाको उदेश्य अनुसारका काम अझै बाकी रहेकाले परियोजना थप गर्न पर्नेमा समेत बैठकमा सहभागी अपांगता अभियान कर्ताहरुले जोड दिएका थिए।

जनवकालतमा आधारित तथ्यांक संकलनले आगामी दिनमा निति, योजना तथा सेवा सुबिधा प्रदान गर्नमा सहयोग पुग्ने आसा गरिएको छ।

बैठकको अध्यक्षता र्राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष देविदत्त आचर्यले गर्नु भएको थियो भने संचालन सचीव हुमनाथ अधिकारीले गर्नु भएको थियो।
र्राष्ट्रिय अपाङ्ग महासङ्ग नेपाल, कुस्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखाको आयोजना र बिश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कार्यक्रम गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal