शनिबार, साउन १२, २०८१

एमसिसी र संघीयता देशकाेलागी घातक:चित्र बहादुर केसी

बुटवल पुस १५ गते
अमेरिकी परियाेजना एमसिसी नेपाल भूमि प्रयाेग गरेर चीनलाई ध्वस्त पार्ने रणनीति सहित आएकाे बताउदै राष्ट्रिय जनमाेर्चा का अध्यक्ष क०चित्रबहादुर केसीले यसलाई खारेज गर्नुकाे विकल्प नभएको बताउनुभएको छ।नेपालले अपनाउदै आएकाे असंलग्न परराष्ट्र नीतिकाे पनि बिरूद्द हुने भन्दै एमसिसीमा सहभागीताले नेपाल अमेरिकी क्याम्पमा जाने बताउनुभयो।संसार भरि अमेरिकी साम्राज्यवाद आफ्नाे दादागिरी माथि चीनीया साम्राज्यवादकाे चुनाैती र विश्वअर्थतन्त्र माथि उसकाे कब्जा समाप्त पार्न सबै हथकण्डा प्रयोग गरे पनि असफल भए पछि सिधा सैनिक हस्तक्षेप गर्न नेपाल भूमि प्रयाेग कै लागि एमसिसी नेपालमा जवरर्जस्ती भिराउन खाेजेकाे बताउनुभयो ।खेल्न पाएपछि त शक्ति राष्ट्रहरू खेल्छन् ,स्वयं हाम्रो देशका शाशकहरूकाे प्रवृत्ति नै देश र जनताको लागि काम गर्नु भन्दा पनि आफु र आफ्नाका हितको लागि मात्रै केन्द्रित भएको कटाक्ष गर्नुभयो।
नेपालले विदेशबाट खरवाैं रकम ऋण र अनुदानमा लिने गरेको भएपनि संसदबाट नै पारित गर्ने गरेको न इतिहास छ न परम्परा । यसले पनि याे स्पष्ट गर्दछ कि एमसिसी स्वयं अमेरिकी अधिकारीहरूले स्पष्ट गरे जस्तै आई पि एसकाे अभिन्न अंग तथा सैनिक रणनीति यसकाे महत्त्वपूर्ण हिस्सा हाे भन्दै नेता केसीले एमसिसी पास गर्ने कुरा राष्ट्रघातीहरूले मात्रै गर्न सक्ने ठाेकुवा गर्नुभयो ।
राष्ट्रिय जनमाेर्चाले एमसिसी यही प्रारूपमा वा शंसाेधन गरेर पनि पास गर्न नमिल्ने दृणताका साथ संघर्ष गरिरहेकाले देशको एकता अखण्डता र सार्वभौमसत्ता रक्षाकाे लागि याे संघर्षमा सबैलाई साथ लिन अनुरोध गर्नुभयो ।
संघीयताको चर्चा गर्दै नेता केसीले प्रारम्भ मै संघीयता नेपालले धान्न नसक्ने र यसका दूस्परिणामहरू गम्भीर हुने राजमाेले बताउदै आएकाे र अहिले त्याे सावित भएको बताउनुभयो । संघीयताकाे कारण देशको अर्थब्यबस्था थिलाे थिलाे भएको र अहिले धेरै जनताले बुझिसकेकाेले अब पनि संघीयता खारेज नगरे देश गम्भीर संकटमा पर्ने चेतावनी दिनुभयो ।
राष्ट्रिय जनमाेर्चा तिलाेत्तमा नगर समितिकाे आयाेजनामा ड्राइभर टाेल चाेकमा सम्पन्न भएको कार्यक्रममा राजमाेका केन्द्रीय प्रतिनिधि बासुदेव पाेख्रेल र राजमाे लुम्बिनी प्रदेश सभा सदस्य मा०तारा जिसीले पनि सम्वाेधन गर्नुभएको थियोे ।कार्यक्रमको सहजीकरण राजमाे तिलाेत्तमा का लालचन्द पन्थले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal