शनिबार, साउन १२, २०८१

राङखानीमा युबकको भेला सम्पन्न, दर्जनौं ब्याक्ती एमाले त्यागेर राष्ट्रिय जनमोर्चामा प्रवेश

तिलक थापा बागलुङ

अखिल नेपाल युवक संघ जैमिनी १० राङखानी बागलुङकाे वडा प्रशिक्षण भेला २०७८ पाैष १७ गते सनिवार राङखानी पाही टापुमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले सरकारले युवाहरूलाई नभई रेमिटान्स लाई मात्र प्राथमिकतामा राखेकाे बताउनु भयाे । हरेक परिवर्तनको अान्दोलनमा महत्त्वपूर्ण भुमिका निभाएका युवाहरुलाई सत्तामा पुगे पछि बिर्सने गरेकाे अवस्था स्मरण गराउदै युवाहरु सत्तामा पुराउन सधैं प्रयाेग नभई समाज परिवर्तनको अान्दोलनलाई सशक्त बनाउन जुट्नु पर्ने बताउनु भयाे । कार्यक्रममा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचिव कृष्णराज शर्मा सञ्जाल, अखिल नेपाल युबक संघका जिल्ला सदस्य श्री प्रशाद थापा, जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष यम पुन लगायतले शुभकामना मन्तव्य दिनु भएकाे थियाे । भेलामा अखिल नेपाल जनजाती सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमाेर्चा राङखानीका अध्यक्ष टिकाराम अाचार्य, जैमिनी वडा नं.१० का वडा अध्यक्ष नर बहादुर थापा, वडा सदस्य कल्पना बि.क. लगायतका अातित्थ्यता रहेकाे थियाे । भेलाले बिरेन्द्र श्रीसकाे अध्यक्षतामा
२९ सदस्यीय अखिल नेपाल युवक संघ वडा समिति राङखानी चयन गरेकाे छ । जसकाे उपाध्यक्ष निशान पुन, सचिव नवीन भण्डारी, सहसचिव वीर बहादुर बि.क., काेषाध्यक्ष कल्पना बि.क., सचिवालय सदस्यमा धन बहादुर थापा, सुनील पाैडेल, प्रेम बहादुर श्रीस, अनिल थापा सदस्यहरुमा कुमार बस्याल, बम बहादुर के.सी., हरि के.सी., केदार शर्मा, किरण थापा, रमेश गाेर्खाली, जग बहादुर पुन, लाल बहादुर बि.क., लेखनाथ शर्मा, हमिस श्रीस, राेशन थापा, गंग बहादुर नेपाली, खडक थापा, सुनिल छन्त्याल, सकस थापा, याम बहादुर थापा, समीर श्रीस, हाेम बहादुर थापा र बम बहादुर बि.क. रहनु भएकाे छ ।
प्रशिक्षण भेला वडा समितिका अध्यक्ष बिरेन्द्र श्रीसकाे अध्यक्षता, सचिव नवीन भण्डारीकाे सञ्चालन र सदस्य किरण थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा ने.क.पा.एमाले परित्याग गरि राष्ट्रिय जनमाेर्चामा प्रबेश गरेका खडक बहादुर थापा, निसान पुन, हाेम बहादुर थापा लगायत दर्जनाै कार्यकर्ताहरुलाई प्रमुख अतिथि थापाले अबिर र खादाले सम्मान गर्नु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal